गत शनिबार नवलपरासीको सुनवलस्थित अमर ज्योति प्राथमिक विद्यालयको चौरमा २ हजार युवाको उपस्थिति थियो। उनीहरू त्यहाँ आयोजित एक पार्टीमा मस्ती गर्न आएका थिए।उक्त पार्टीमा बुटवलका डिजे तामाले चर्चित गीतहरू प्रस्तुत गरे। स्थानीय कप्पा गाइजको आयोजनामा सम्पन्न उक्त ग्रान्ड मिक्स पार्टीमा अर्को आकर्षण थिइन्- लेडिज डिजे नेप्ज। उनले प्रस्तुत गरेका कमर्सियल गीतहरूमा पार्टीक्रेजीहरू असिन-पसिन भएका थिए।