'हाम्रो टोपी हाम्रो सान, नेपालीको पहिचान' भन्ने नाराका साथ बिर्तामोडमा ढाका टोपी र्याली निकालिएको छ। गत शनिबार मार्च १ का दिनलाई नेपालीहरूले आफ्नो पहिचान कायम राख्न टोपी दिवस मनाउनुपर्ने उद्घोष गर्दै उक्त र्याली निकालिएको हो। आर्टअफ लिभिङका अभियन्ता रविशंकरले बिर्तामोडमा आयोजित एक कार्यक्रममा नेपालीहरूले आफ्नो पहिचान कायम राख्न टोपी दिवस मनाउनुपर्ने धारणा व्यक्त गरेपछि उनकै प्रेरणामा झापामा टोपी दिवस मनाइएको हो।