हरिण स्तनधारी प्राणी हो। यो घना जंगल भएको घाँसे मैदानमा पाइने शाहाकारी जनावर हो। हरिण नेपालका तराई क्षेत्रमा रहेका निकुञ्ज, आरक्ष तथा अन्य संरक्षित क्षेत्रमा पाइन्छ। हरिणका विभिन्न आकार, रंग र रूप हुन्छन्। चित्तल, बार्हसिंगे यसका प्रजाति हुन्। यसका सबै प्रजातिका भालेको सिङ हुन्छ। यो तीव्र गतिमा दौडन सक्ने प्राणी हो। हरिणका भाले-पोथी भेला भएर सामूहिक रूपमा हिँडडुल गर्न मन पराउँछन्। नेपालका सबैजसो तराईका जंगलमा यसको बसोबास छ। यसले ६/८ महिनामा एकपटकमा ३ वटासम्म बच्चा जन्माउँछ। खुला क्षेत्रमा उम्रने घाँस र पोथ्राहरू यसको आहारा हो।