साप्ताहिक संवाददाता
- दिपेश लिम्बु
कास्कीको काहुँ र पोखरी भन्ज्याङ जोड्ने पुल जीर्ण अवस्थामा छ। त्यो जति सक्दो छिटो मर्मत गर्नुपर्यो।
- देव आले
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा धेरै यात्रु चढाउने काम बन्द हुनुपर्छ। विशेष गरी लोकल रुटमा यस्तो प्रवृत्ति देखिन्छ। यसलाई नियन्त्रण गर्नुपर्यो।
- राम रिजाल
स्याङ्जाको वालिङ क्षेत्रमा बर्खायाममा केटाकेटीलाई स्कुल जान समस्या हुन्छ। पुल निर्माणका सम्बन्धमा हामीले सरकारलाई निवेदन दिएका थियौं तर कुनै सुनुवाइ भएन। हाम्रो माग चाँडोभन्दा चाँडो पूरा गरियोस्।
- कुलबहादुर
काठमाडौंको ट्राफिक व्यवस्थामा सुधार आवश्यक छ। जथाभावी बाटो काटेको र बीच बाटोमा सवारी साधनहरू रोकेको पटक्कै चित्त बुझेन।
- विकास राई
हामीले पासपोर्ट बनाउन सारै सास्ती खेप्नुपरेको छ। बिहानैदेखि लाइन बसे पनि बेलुकीसम्म पालो आउँदैन। पैसा असुलेपछि सहज तरिकाले पासपोर्ट लिन पाउनुपर्यो नि।
- प्रल्हाद तिमिल्सिना
राजनीतिक दलका नेताहरू कुर्सीको मोहमा अल्झिएका छन्। संविधान बन्ने काम ओझेलमा परिरहेको छ। हाम्रा नेताहरू आफू बन्छन् तर देश बनाउँदैनन्।
- याम श्रेष्ठ
सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्नुपर्छ।
- तेजप्रसाद घिमिरे
नेताहरूले गृहमन्त्रीका लागि किचलो गरेको देख्दा नरमाइलो लाग्यो। सत्ताका लागि हानाथाप गर्ने नेताहरूले के संविधान बनाउलान र?
- नवराज न्यौपाने