साप्ताहिक संवाददाता
फाल्गुन ३०, २०७०
पोखरा
रोट्रयाक क्लब अफ पोखराको स्थानीय संयोजनमा सम्पन्न उक्त प्रतियोगिता इटहरी, नारायणगढ हुँदै अन्तिम कार्यक्रमका रूपमा प्रस्तुत भएको हो। प्रतिस्पर्धात्मक खेल सुरुदेखि अन्तसम्मै भीडन्तमय रह्यो। २ सय शुल्क तिरेर रेस्लिङ हेर्न आएका दर्शकले तीन घण्टा अवधि बितेको पत्तै नभएको प्रतिक्रिया दिए। पाँच चरणमा सञ्चालित खेलमा उपाधिका लागि म्याक्स र अजिंगरको भीडन्त निकै रोचक थियो। खेलमा म्याम्सलाई पछाडि पार्दै अजिंगर च्याम्पियन घोषित भए। प्रतियोगितामा महिला रेस्लर सुनिता थापा घाइते भएकाले खेलमा सहभागी हुन सकिनन्। भिडन्तमा म्याक्स बी, अजिंगर, मिस्टर कोजु, मिस्टर यति, लिर्जाड किङ, बारिया आदि १५ जना रेस्लरको सहभागिता थियो।