बागिना कला केन्द्र धरानद्वारा आयोजित 'पूर्वाञ्चल सिङ्गिङ स्टार सीजन-२' को शनिबार भएको पाँचौं चरणको छनौटबाट २० जना प्रतियोगी छनौट भएका छन्। युवा प्रतिभा गायन खोजी हाम्रो अभियानको नारा रहेको यो प्रतियोगितामा तेह्रथुमका रितुराज लिम्बु, हरि लुइँटेल, संखुवासभाका खगेन्द्र कार्की, वसन्त याक्खा, पुष्पराज बसेल, राज कटुवाल, धनकुटाका उपेन्द्र लिम्बु, विश्वास तामाङ, भोजपुरका रामध्वज राई, उदयपुरका सृजना राई, टीकाराम राई, राकेश माले, निरज राई, मुकेश घतानी, ताप्लेजुङकी प्रकृति थलङ, सुनसरीका उत्तम राई, कौशिला लिम्बू, हिमाली सुब्बा तथा झापाका सन्तोष रसाइली र सञ्जिता गुरागाईं छनौट भएका हुन्।