जिल्लास्तरीय खुला लोकनृत्य प्रतियोगितामा लोपोन्मुख 'घाटु' नृत्य पहिलो भएको छ। सहारा कला केन्द्रका कलाकारले उक्त 'घाटु' नाच प्रस्तुत गरेका थिए। उद्योग वाणिज्य संघले आयोजना गरेको 'पाल्पा महोत्सव' का सन्दर्भमा लोकनृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। पाँच जनाको समूहमा नृत्य गरेका सहाराका कलाकारहरूले मगर समुदायकै कौरा नृत्यलाई पछि पारेका थिए। महोत्सवमा सांस्कृतिक कार्यक्रम संयोजक मोहन श्रेष्ठका अनुसार खुल्ला लोक नृत्य प्रतियोगितामा सहभागी १६ समूहमध्ये सहारा-ख तेस्रो भएको छ। विद्यालयस्तरको प्रतियोगितामा भने माउन्ट भ्याली स्कुल पहिलो भएको छ। उसले न्यू होराइजन उच्च माविलाई पछि पारेको थियो। प्रतियोगितामा पाल्पा आवासीय विद्यालय तेस्रो भयो।