ई-प्लानेटले सम्पन्न गरेको मिसेज नेपालका विजयीहरूले उपाधि जितेलगत्तै सामाजिक सेवाका निमित्त सुन्दरी प्रतियोगिता भन्ने नारालाई सार्थक बनाएका छन्। मिसेज नेपालको प्रमुख विजेतासँगै विभिन्न उपाधि विजेताले गत मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा भगवान् गणेशको पूजा अर्चनासहित मन्दिर परिसरमा मागेर जीवन निर्वाह गर्दै आएका दुःखी, वृद्धवद्धा तथा अपागंहरूलाई मिठाई तथा खानेकुरा उपलब्ध गराए। मिसेज नेपाल-२०१४ की शिर्ष उपाधि विजेता दीपा शाही राणाले भनिन्, 'यो हाम्रो सानो प्रयास हो।' आगामी दिनमासमाज सेवालाई निरन्तरता दिइने राणाले बताइन्।