साप्ताहिक संवाददाता
मेरो घर भक्तपुरमा छ। म हरेक वर्ष यतैको होलीमा रमाउँछु। यताको होलीमा रंगको साटो विभिन्न रसायन, फोहोर पानी, सवारी साधनमा प्रयोग भएका लुब्रिकेन्ट्स आदिको प्रयोग गर्नाले स्वच्छ होली मनाउन खोज्नेहरूले पनि खुलेर मनाउन पाउँदैनन्। केही वर्षअघि म केही त्यस्तै मित्रहरूको संगतमा परेँ। होलीमा लुब्रिकेन्टस् दलेर खेल्न थालियो। सडकको बिचमा एउटा साथीले ममाथि लुब्रिकेन्ट्स खन्यायो, रिसको झोंकमा मैले पनि उसलाई ताकेर लुब्रिकेन्ट्सको मगले हिर्काएँ। साथीले छल्यो र त्यो लुब्रिकेन्ट्स उछिट्टिएर उसको पछाडि देखा परेकी एउटी सोझी युवतीलाई लाग्यो। उनी कालो भइन् र डाँको छाडेर रुन थालिन्। मेरा साथीहरू भागे, म चाँही उनको नजिक गएँ। उनीसँग माफी मागे र पानी भएको ठाउँमा गएर सफा गर्न सहयोग गरेँ। त्यसपछि मलाई लुब्रिकेन्टस् दलेर होली खेलेकोमा ग्लानी भयो। त्यसपछिका दिनहरूमा कसैले रंग वा पानीको साटो विभिन्न रसायन, फोहोर पानी, लुब्रिकेन्टस् दलेर होली खेल्न लागेको देखे सम्झाउने प्रयास गर्छु र मेरो त्यो तीतो अनुभव सुनाउँछु।
होली रंगहरूको चाड हो। यसमा रंग वा पानीले मात्र उल्लास ल्याउँछ। खराब पदार्थलाई रंग वा पानीको विकल्पमा प्रयोग गर्दा होलीको उल्लास दुःखमा परिणत हुनसक्छ।