कुमार नगरकोटीद्वारा लिखित नाटक 'कोमा- अ पोलिटिकल सेक्स' बत्तीसपुतलीस्थित शिल्पी नाटक समूहको नाटकघर गोठाले थियटरमा मञ्चन भैरहेको छ। यो नाटक पश्चिमा संस्कृतिमा लिप्त हुँदै गएको हाम्रो समाज विस्तारै दलदलमा फस्दैछ भन्ने कुरामा केन्दि्रत छ। घिमिरे युवराजले निर्देशन गरेको यो नाटकमा कुमार नगरकोटी, प्रकृति कार्की, रोशन मेहता, बादल भट्ट, गोविन्द पराजुली, टंक टाइगर, जीवन बराल, सरिता शाह, पवित्रा खड्का, किरण चाम्लिङ आदि कलाकारले अभिनय गरेका छन्। नाटक मंगलबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन भैरहेको छ।