गीत-संगीतको क्षेत्रमा लामो समय बिताएर यतिबेला संविधानसभामा प्रतिनिधित्व गरेका संगीतकर्मी-सभासद्हरू काठमाडौंमा सम्मानित भएका छन्। लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो १२ औं वाषिर्कोत्सवको अवसर पारेर जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ तथा तप्पबहादुर विष्टलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि सभामुख सुवास नेम्वाङले सम्मानित संगीतकर्मी सभासद्हरूलाई खादा एवं सम्मानपत्र प्रदान गरेका थिए।