होलीको अवसरमा विराटनगरमा सम्पन्न डान्स पार्टीका कारण सोमबारको साँझ निकै रोमाञ्चक सावित भयो। आपसमा हात समातेर गोलो घेरामा सुरु भएको डान्स बिस्तारै जोडीहरू छुट्टँिदै अंकमाल र चुम्वनसम्म पुग्न थालेपछि रात अझ रंगीन देखियो। विराटनगरका युवाहरूले आयोजना गरेको डान्स पार्टीमा नेपाली, अंग्रेजी तथा हिन्दी रिमक्स नम्बरहरू घन्काएर डिजे डी. विराटनगरले पार्टी प्रेमीहरूको प्रशंसा पाए।