साप्ताहिक संवाददाता
चैत्र ७, २०७०
मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिंगार-पटार गरी महिलाको कपडा एवं गहनाहरू लगाइदिएर मारुनी बनाइन्छ। मारुनीहरू मादलेको अघि-पछि घुमेर नाच्छन्। नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन्। पुरसिंगेले महिलाको कपडा लगाएको हुँदैन। यदि मारुनी नाचमा तीन जना मादले छन् अथवा एक जना मात्र मारुनी छ भने त्यहाँ पुरसिंगेलाई एक जना मादलेसँग नाच्ने जिम्मा दिइन्छ। पुरसिंगेहरू एकपछि अर्को गर्दै नाच्न सक्छन्। मादलेहरू कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छन्।