रंगहरूको पर्व होलीले सबैलाई छुन्छ। पोखरामा फुटबल तथा भलिबलका राष्ट्रियस्तरका खेलाडीहरू होलीको रंगमा रंगिरहेका थिए। सधैं फुटबल तथा भलिबलका प्रतियोगितामा व्यस्त रहने यी खेलाडीले यो वर्ष योजना बनाएरै होली खेलेका हुन्। होली खेल्न मनाङ-मस्र्याङ्दी क्लबका स्टार खेलाडीहरूलाई राष्ट्रिय भलिबलका टिमका महिला खेलाडीहरूले साथ दिएका थिए। होलीको रंगमा रंगिने फुटबलका स्टारहरूमा अनिल गुरुङ, निराजन मल्ल, सबीन्द्र श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, दीपक राई, शिव श्रेष्ठ, सुजल श्रेष्ठ तथा विक्रम लिम्बू थिएभने महिला खेलाडीहरूमा मञ्जु गुरुङ, सिपोरा गुरुङ, परीक्षा गुरुङ, अरुणा शाही, मन्ती आले, रञ्जना ठकुरी, सन्जु पुर्जा तथा ज्योति श्रेष्ठ।