नेपालले ट्वान्टी-२० क्रिकेटको विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेदेखि नै देश क्रिकेटमय बनेको थियो। नेपाल बंगलादेशमा जारी टी-२० क्रिकेटमा सहभागी हुने क्रममा क्रिकेटको फिभरले यतिबेला सर्वसाधारणदेखि सेलिब्रेटीलाई समेत छोएको छ। सहरमा नेपाली राष्ट्रिय टिमको जर्सी लगाएका युवा-युवतीहरूको संख्या बढ्दो छ। यही क्रममा नेपाली चलचित्रकर्मीहरू समेत क्रिकेट जर्सीमा देखिन थालेका छन्। नायिका पि्रयंका कार्की, केकी अधिकारी, नायक गौरव पहारी, निर्देशक सम्झना उप्रेती रौनियार, सुनिल थापा, नील डेविड कटुवाल, राजेशपायल राई, यमबुद्ध आदिले नेपाली क्रिकेटको जर्सी लगाएका तस्बिर फेसबुकबाट सार्वजनिक गरिरहेका छन्। फेसबुकमार्फत कलाकारले नेपाली क्रिकेटको पक्षमा देखाएको मोहका कारण पनि साधारणको ध्यान क्रिकेटप्रति आकषिर्त भएको छ।