१६ औं बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत १४ गतेदेखि चैत २२ गतेसम्म सञ्चालन हुने भएको छ। यसअघि चैत ७ गतेदेखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता सहभागी टिमहरू अन्य प्रतियोगितामा सहभागी भएकाले सारिएको थियो। प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १२ वटा क्लब सहभागी हुनेछन्। प्रतियोगितामा धरान फुटबल क्लब, मनाङ-मस्र्याङ्दी क्लब, थ्री स्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब पोखरा, एन्फा एकेडेमी (अन्डर १६ नेपाल), धरान फुटबल एकेडेमी, हङकङ नेपाली महासंघ, भारतीय गोर्खा क्लब तथा ब्रुनाई गोर्खा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।