साप्ताहिक संवाददाता
- कालिका पोखरेल, बुटवल
पशुपतिनाथ वरिपरि प्रशस्त प्रेम जोडीहरू हुन्छन्। अहिले त त्यहाँ परिवारसँग हिँड्नै नहुने अवस्था छ। यस्तो पवित्र सार्वजनिक स्थलमा आपत्तिजनक अवस्थामा कोही भेटिँदा प्रहरीले पक्राउ गर्नुपर्छ।
- भागीरथी शर्मा, कालोपुल
देशका विभिन्न ठाउँमा खोलिएका बालगृहहरूले सेवाभन्दा व्यापारमा जोड दिएका छन्। यस्ता कतिपय केन्द्र त गैरकानुनी रूपमा सञ्चालित छन्। ती सबैलाई कानुनी दायरामा ल्याएर छानबिन गरिनुपर्छ।
- मनजित काफ्ले
देशैभरि खुल्ला दिसापिसाबमुक्त क्षेत्र घोषणा गर्ने तर सार्वजनिक शौचालयचाहिँ कतै नबनाउने ?
अनि कसरी हुन्छ ? भक्तपुर-कोटेश्वर ६ लेनको सडकमा कहाँ छ सार्वजनिक शौचालय ? यो विषयमा पनि ध्यान दिने कि ?
- मनोरञ्जन मल्ल ठकुरी
सुनसरीको प्रकाशपुर, महेन्द्रनगरमा सप्तकोसीको बाढीमा परेका नागरिकका लागि सरकारले गाँसबासको व्यवस्था मिलाउने भनिए पनि अहिलेसम्म कुनै राहत उपलब्ध भएको छैन। सरकारसँग हाम्रा लागि केही गरिदिन आग्रह गर्छौं।
- ओमनाथ ढुंगाना, सुनसरी
गाउँमा न बिजुली बाल्न पाएका छौं, न राम्रो बाटोघाटो पाएका छौं। खै सरकारले हाम्रा लागि के नै गरेको छ र ?
- मंगल चौधरी भाबुक, अर्घाखाँची
कामविशेषले बर्दिया मालपोत कार्यालय, नापी कार्यालय, भूमिसुधार कार्यालय आदि जाँदा घूस नदिई कामै हुँदैन। सरकारी कार्यालयमा व्याप्त यस्तो भ्रष्टाचारको अन्त्य कहिले हुने होला ?
- हरि दाहाल
गाउँघरमा युवाहरू बेरोजगार छन्। हिजोआज निराशा पनि उत्तिकै छाएको छ। सरकारले युवाहरूलाई रोजगारीको अवसर जुटाइदिनुपर्यो।
- किरन चाम्लिङ