साप्ताहिक संवाददाता
- मनोज गजुरेल, हास्यकलाकार
एकदमै खुसी लाग्यो, नेपाली खेलाडीको उत्कृष्ट खेलले मनै हषिर्त भयो। नेपाल वल्र्डकपमा पुगेकोमा नै खुसी थिएँ, राम्रो खेलले अझ रमाइलो गरायो। खेल हेरेर घर फर्किन लेट भयो, दर्बारमार्गमै जाममा परियो, त्यहीं सडकमा बसेर खेल हेरियो, जितियो अनि मन प्रसन्न बनाउँदै घर आइयो।
- वर्षासिंह क्षेत्री, मोडल
गएर छक्कै छक्का हान्दिऊँ जस्तो लाग्यो, एउटा खेलमा बाहेक अरू खेलमा मेरो आवश्यकता नै परेन, हाम्रा खेलाडीहरूले राम्रो खेले। नेपाली भएकोमा पहिलो पटक एकदमै गौरव अनुभूति भयो। पहिलो पटक टेलिभिजनमा आफू देखिन भन्दा पनि अरूलाई हेर्दा सहज लाग्यो।
- सन्दिप क्षेत्री, हास्यकलाकार/भिजे
गजबको अनुभव भयो। म आफैं क्रिकेट स्टेडियम भित्र चन्द्र-सूर्य झन्डा फर्फराउँदै खेल्न गएजस्तो महसुस गरें। नेपाली खेलाडीले विश्वकप खेल्ने खेलाडीका रूपमा आफूलाई प्रमाणित गरें।
- भोलाराज सापकोटा, रंगकर्मी
जब नेपालको राष्ट्रिय गीत घन्कियो, तब आँखाबाट आँसु झर्न थालिसकेका थिए, त्यो एउटा बेग्लै अनुभूति थियो, जसलाई शब्दमा बयान गर्न सकिँदैन। यदि ११ जना खेलाडीले पूरा देशलाई एकीकृत गर्न सक्छन् भने ६ सय १ जनाले किन देशलाई एक बनाउन सक्दैनन्? यस्तै-यस्तै अनुभूति भयो।
- अमिर शेख, गायक