पुराना गायक पूर्ण नेपाली लामो समयपछि काठमाडौंमा आयोजित एकल गायन कार्यक्रममा प्रस्तुत हुँदा दर्शकहरूले न्यायो माया दर्साए। नेपाली संस्कृति संरक्षण केन्द्रले आयोजना गरेको 'पूर्ण नेपाली एकल साँझ' मा गायक नेपालीले आफ्ना लोकप्रिय गीत-संगीतमार्फत दर्शकको मन जितेका थिए। कार्यक्रममा उनले 'सोह्रवर्षे जवानीमा मै पनि झिल्के हुँदो हुँ', 'नेपालीले शान्ति', 'चाहना मेरो', 'बर होइन पीपल छायाले', 'कहिले माया पोखरा', 'खुट्टामा नेल परे पर्ला', 'आहा कलिलो तामालाई' आदि गीत प्रस्तुत गरेका थिए। उक्त अवसरमा संगीत संयोजक अमूल कार्की ढलीको संयोजनमा करिब एक दर्जन वाद्यवादकले गायक नेपालीलाई साथ दिएका थिए। कार्यक्रममा भीम लिम्बू, रूपक डोटेल, निशा देशार, राधिका हमाल आदि गायक-गायिकाले पनि नेपालीलाई साथ दिएका थिए।