साप्ताहिक संवाददाता
- सिबी राई चाम्लिङ, धनकुटा
ठूला-साना भूमिका भएका चलचित्रहरू जोड्यो भने त्यस्तै ३२-३३ वटा पुगे।
तपाईंलाई कुन भगवान मनपर्छन्?
- भावना बस्नेत
हुन त मलाई सबै भगवान मनपर्छन्। विशेषगरी म नाट्येश्वरलाई मान्छु किनभने म शिवभक्त हुँ।
तपाईंको प्रेम विवाह हो कि मागी विवाह?
- ०३६९
मेरो मागी विवाह हो। विवाह भएपछि श्रीमतीसँगै प्रेम सम्बन्ध गाँसिएको हो।
जीवनको परिभाषा के हो?
- ६०१०
जीवन भनेको हावा भरिएको बेलुन हो, उडुन्जेल उडिरहन्छ, कुनै कुराले घोच्यो भने सिद्धिन्छ।
तपाईंलाई मनपर्ने चलचित्र कुन हो?
- प्रमोद गिरी
पहिले 'दर्पण-छायाँ', अहिले 'छ एकान छ'।
तपाईंलाई मनपर्ने फुटबल खेलाडी को हुन्?
- ओङची शेर्पा
प्राय: सबै फुटबल खेलाडी मनपर्छन्। एक जनाको नाम लिनु पर्यो भने- सागर थापा।
तपाईंलाई मनपर्ने नायिका को हुन्?
- सीता
यो नै भन्ने छैन। ठाउँअनुसार सबै प्रतिभाशाली हुनुहुन्छ। नेपालमा भएका सबै नायिका मलाई उत्तिकै मनपर्छन्।