निर्मात्री एकता कपुर ऐतिहासिक धारावाहिक 'जोधा-अकबर' बाट बाहिरिएकी छिन्। जीटिभीबाट सोमबारदेखि शुक्रबारसम्म राति ८:१५ बजेदेखि प्रसारण हुने यो धारावाहिक निकै लोकप्रिय मानिन्छ। पछिल्लो समय धारावाहिकमा प्रस्तुत गरिएका कतिपय प्रसंग तथ्यहीन भएको आरोप झेलिरहेकी कपुरले अन्तत: धारावाहिकबाटै हात झिकेको बताइन्छ। भारतकै श्री राजपूत करणी सेना नाम गरेको एउटा समूहले धारावाहिकको प्रसारण प्रारम्भ भएदेखि नै यसको विरोध गर्दै आइरहेको छ। एकताले धारावाहिकबाट हात झिके पनि जिटिभीले भने यसको प्रसारणलाई निरन्तरता दिने निर्णय गरेको छ।