नक्सालस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको ग्यालरीमा हिजो चैत २० गतेदेखि इन्गेभिङ प्रिन्ट मेकिङ एक्जिविसन-२०१४ शीर्षकको चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। विन्दु: अ स्पेस फर आर्टिस्टले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँग सह-आयोजन गरिरहेको यो चित्रकला प्रदर्शनीको उद्घाटन रूसी राजदूत डा. सर्गि भ्यासिलिमिच भेलिचकिनले गरेका हुन्। प्रदर्शनीमा प्रिन्ट मेकिङ विधाका चित्रहरू राखिएका छन्। यो प्रदर्शनी १० दिनसम्म चल्नेछ।चेक क्यासल
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चैत २६ गतेदेखि जेठ ११ गतेसम्म चेक गणतन्त्रको राष्ट्रिय संग्रहालयमा रहेका चेक परम्परासँग सम्बन्धित क्यासल (परम्परागत महल) का चित्रहरूको प्रदर्शन सञ्चालन हुने भएको छ। उक्त प्रदर्शनीको उद्घाटन नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलोस्लाभ स्टासेकले गर्नेछन्।