साप्ताहिक संवाददाता
चैत्र २१, २०७०
पश्चिमी अस्ट्रेलियाको पर्थमा बस्ने यी जुम्ल्याहा दिदीबहिनी अधिकांश समय एकसाथ हुन्छन्। उनीहरू आमासँग बस्छन्। उनीहरूका प्रेमी एउटै छन्। आना भन्छिन्, 'हामी अहिले एकै केटासँग डेटमा छौं। हामी सेयरिङमा छौं।' ल्यूसी भन्छिन्, 'यसले हामीमा कुनै समस्या छैन। हामी बेड सेयर गछौं। शारीरिक सम्बन्ध राख्दा पनि हामी तीनै जना सँगै हुन्छौं।' १२ वर्षको हुँदा उनीहरूले हेयर स्टाइल फरक-फरक गरेका थिए, तर त्यो धेरै दिन टिकेन। त्यसयता उनीहरूका हरेक कुरा उस्तै छन, जसलाई उनीहरू जीवनभर बदल्न चाहँदैनन्।