साप्ताहिक संवाददाता
'लोकदोहोरी गायनमा परिवारका सदस्यदेखि साथीभाइ सबैले राम्रो गर्न सक्छेस् भनेपछि मैले यही क्षेत्रमा करियर बनाउने निधो गरें,' त्यतिबेला कुराकानीका क्रममा मन्जुले भनेकी थिइन्-
'त्यसमा पनि हाम्रो क्षेत्रमा लोकगीत र दोहोरी गीत गाउने मात्र कलाकार हुन् भन्ने मान्यता व्याप्त थियो, पीएन कलेजमा पपुलर भएपछि प्रत्य रूपमा गीत कथ्दै गाउने दोहोरी गायनलाई अपनाउने निर्णय लिए।'पोखरामा उनी दिदी सम्झना महतका साथमा विभिन्न एफएममा लाइभ दोहोरी गाउन पुग्थिन्। धरहरा दोहोरी साँझमा दुई वर्ष काम गरेपछि ०६५ सालयता उनी गामबेसी दोहोरीसाँझसँग आबद्ध थिइन्। 'मलाई स्टेजमा पर्फम गर्न गज्जब मज्जा लाग्छ,' मन्जुले भनेकी थिइन्- 'खुलेर पर्फम गर्ने भएकाले पनि हुनसक्छ, स्टेजमै मात्र सिमित हौं जस्तो लाग्छ।' कुशल नृत्यांगनाका रूपमा समेत परिचय बनाएकी मन्जुले आफ्ना र अरु गायक गायिकाका म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन्।