साप्ताहिक संवाददाता
रत्नपार्क पनि चलचित्र
सुवास जिसीले पहिलो पटक निर्देशन गर्ने चलचित्रको शीर्षक 'रत्नपार्क' राखेका छन्। वैशाख ४ गते शुभमुहूर्त गर्दै छायांकनमा जाने यो चलचित्रको निर्देशनमा जिसीलाई बिभु श्रेष्ठले पनि साथ दिँदैछन्।
मेरो बेस्ट फ्रेन्ड
चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' को प्रोमो तथा पोस्टर सार्वजनिक भएको छ। चलचित्रका दुई कलाकार केकी अधिकारी र बिमलेश अधिकारी उक्त प्रोमो तथा पोस्टरमा देखिएका छन्। वैशाख २६ गते सार्वजनिक हुने यो चलचित्रका निर्देशक प्रसन्न पौडेल हुन्।
अमेरिकामा भीमदत्त
नवल खड्काको चलचित्र 'भीमदत्त' को प्रिमियर अमेरिकामा सम्पन्न भएको छ। न्युयोर्कको सेन्टर सिनेमा हलमा रेड कार्पेटसहितको प्रिमियरमा कलाकार, व्यवसायी, समाजसेवी, अधिकारकर्मी एवं पत्रकारहरूको उपस्थिति रहेको निर्देशक हिमग्याप टासीले जानकारी दिएका छन्। डडेलधुराका किसान नेता भीमदत्त पन्तको जीवनमा आधारित यो चलचित्रमा नवल खड्का, सुमिना घिमिरे, निशा अधिकारी आदिले अभिनय गरेका छन्।