गत शनिबार फुर्सदिलो बनेका इलामका दर्शकले विल्सनविक्रम राई (तक्मे बूढा) सहितका कलाकारहरूसँग रमाइलो गरे। राँकेस्थित मन्जरी कला केन्द्रले गायन तथा नृत्यको प्रतिभा खोजी गर्ने क्रममा उक्त सांगीतिक कार्यक्रम आयोजित गरेको थियो। कार्यक्रममा कोमल निरौला र राम दियालीलाई सम्मानसमेत गरिएको थियो। स्थानीय कलाकारले पनि गीत र नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रममा अभिनेत्री ऋचासिंह ठकुरी तथा रोशित कर्मचार्यको नृत्यले पनि चर्चा पायो।