पाश्र्वगायक राजेश पायल राईले यो वर्ष एक चलचित्रमा लिपकिस गरेको दृश्य देख्न पाइयो। उकेश दाहालद्वारा निर्देशित चलचित्र किन किनको एक दृश्यमा गायक राईले एक अभिनेत्रीसँग लिपकिस गरेका छन्। चलचित्र किनकिनकै क्रममा टङकिस दिएपछि नायिका शशि खड्का नमज्जाले रोएको समाचार आयो। नायक राज तिमल्सिनाले आक्रामक ढंगले किस गरेपछि आफुलाई नराम्रो लागेको शशिले बताएकि थिइन्।
रेखा थापा, हिम्मतवाली र श्याम भट्टराई
नायिका रेखा थापा र श्याम भट्टराईको सम्बन्ध दाजुबहिनीको थियो। रेखा थापा ब्यानरको चलचित्र हिम्मतवालीलाई दाइ श्यामले निर्देशन गर्ने पक्का भयो। सुटिङका क्रममा पश्चिम नेपाल पुगेको केही दिनमा रेखाले श्यामलाई बर्खास्त गरेको घोषणा गरिन्। बिरामी परेकाले बिचैमा निर्देशन छोडेको बताउने श्यामले पनि रेखा निर्देशकको काममा हाबी हुन थालेपछि काम छोडेको बताए। यो विवाद यति तल्लो स्तरसम्म पुग्यो कि उनीहरू फेसबुकबाटै एकअर्कालाई पखाल्ने क्रममा सक्रिय भए।
चलचित्र फ्लप हिरोइन हिट
नायिका पि्रयंका कार्की उत्कृष्ठ कलाकार हुन भन्ने कुरामा शंका छैन्। उनी नायिकाका रूपमा जबर्जस्त सावित हुनेछिन् भन्ने आशा धेरैको थियो, तर उनले अपेक्षा अनुरूपको परिणाम हात पारेकी छैनन्। थ्री लभर्स, कलिउड, भिजिलान्तेजस्ता चलचित्र कहिले आए कहिले गए थाहा भएन, तर यो वर्ष नै सार्वजनिक भएको झोले तथा नाइ नभन्नु ल-२ ले पि्रंयकालाई राहत प्रदान गरे। पि्रंयकाका आवरण, सुन्तली, मेरो बेस्टफ्रेन्ड, पुन्टे परेड, माला आदि प्रदर्शाेन्मुख चलचित्रले राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ।
मिस नेपाल, क्षितिजा र शुभेच्छा
नायिका शुभेच्छा थापाले चलचित्र 'मिस नेपाल' मा क्षितिजा शाक्यलाई अनुबन्ध गर्दासम्म निर्मात्री शुभेच्छा थापा दंग थिइन्। चलचित्र बनिनसक्दै शुभेच्छा र क्षितिजाको सम्बन्ध पानी बाराबारमा पुग्यो। मिस नेपाल अर्को विवादमा पनि तानियो। हिडेन टे्रेजरले बर्सेनि आयोजना गर्ने मिस नेपाल शीर्षकमा चलचित्र बनाउन नमिल्ने बताएपछि अहिलेसम्म यसको नाममै समस्या उत्पन्न भएको थियो। निर्मात्री शुभेच्छा थापाले माछाले छोपेको टपलेस तस्बिर सार्वजनिक गरेपछि मिस नेपाल थप चर्चामा आयो।
नयाँहरूको प्रवेश
वर्षको प्रारम्भमै प्रदर्शनमा आएको चलचित्र कर्कसमा सुरजसिंह ठकुरी नायकका रूपमा देखा परे। उक्त चलचित्रले औसत व्यापार गरेर लगानीसम्म सुरक्षित गरेको बताइन्छ। वर्षको अन्त्यमा ठकुरी विकास आचार्य निर्देशित नाइ नभन्नु ल-२ मा नायकका रूपमा देखा परे। प्रथम मिस नेपाल एवं मोडल रुवि राणा पनि दीपा बस्नेत निर्देशित अन्तरालमा देखा परिन्। यो रुविद्वारा अभिनीत तेस्रो चलचित्र भए पनि उनी लामो समयको ग्यापपछि ठूलो पर्दामा देखा परेकी थिइन्। रुविले एसकुमार नायक भएको चलचित्र आधिबाटोमा पनि अभिनय गरिन्। यस्तै पहिलो पुस्ताका मोडल एवं कोरियोग्राफर प्रशान्त ताम्राकार पनि चलचित्र अभिनयमा व्यस्त रहे। टाटा बाइबाइपछि उनले चलचित्र मुखौटामा काम गरे। पूर्वमिस नेपाल मलिना जोशी चलचित्र ऋतुमा देखिइन्। अस्टे्रलियामा छायांकन भएको उक्त चलचित्रले सोचेअनुरूप व्यापार गरेन्। यस्तै एमटिभी रियालिटी सो स्प्िलट भिल्लाकी प्रतिस्पर्धी शिवांगिनी राणाले चलचित्र मधुमासमार्फत डेब्यु गरिन्। मधुमास पनि सफल हुन सकेन। गौरव पहारी यो वर्ष चलचित्र मन्जरीमार्फत रजतपटमा आए। त्यसपछि उनी चलचित्र उत्सव र अधकट्टीमा सक्रिय छन्।
सुष्माको ब्रेकअप र प्याचअप
विन्दास नायिका सुष्मा कार्की रिलेसनसिपका मामिलामा पनि उत्तिकै उदार देखिन्छिन्। निर्देशक सुदर्शन थापासँगको अफेयर ब्रेकअप भएपछि उनी अनुप्रस्थ ब्यान्डका लिड भोकलिस्ट नरेन शाहीसँग नजिक थिइन्। वर्षको प्रारम्भमा सुष्माले नरेनसँगको रिलेसनसिप ब्रेकअप भएको घोषणा गरिन्। सूत्रहरूका अनुसार १ वर्ष लिभइनरिलेसनसिपमा रहेको यो जोडी एकाएक अलग्गिएको थियो। यद्यपि ७० कै भ्यालेन्टाइन डेमा उनी नरेनसँगै देखा परिन्। उनीहरूबीच प्याचअप भएको कुरा सुन्नमा आयो। त्यसो त सेक्सी चलचित्रमा अभिनय नगर्ने घोषणा गरेर सुष्माले चर्चा पनि कमाइन्। स्रोतका अनुसार उनीसँग अहिले न सेक्सी न अन्य कुनै चलचित्र हातमा छन्।
निशा सगरमाथामा
नायिका निशा अधिकारी सुन्दर त छँदैछिन्, उनी उत्तिकै साहसी पनि छिन् भन्ने कुरा उनको सगरमाथा आरोहणले प्रष्ट पार्यो। नायिका मोडल, भिजे अनि नायिका हुँदै आरोहीसम्मको यात्रा तय गरेकी निशाद्वारा अभिनीत चलचित्र सुनगाभाले पनि राम्रै चर्चा पायो। निशाको व्यक्तिगत सम्बन्धका बारेमा बजारमा गाइँगुइँ हल्ला पहिलेदेखि नै हुने गरेको थियो तर त्यो व्यक्तिगत विषय भएकाले कसैले चासो लिँदैनथे। यसपटक विश्वकप खेलेर आएको नेपाली टिमका महत्वपूर्ण सदस्य शरद भेषवाकरसँग उनको नाम जोडेर केही मिडियाले गसिप पनि बनाए।
चुनाव, रेखा र भुवन
यो वर्ष संविधानसभा-२ को निर्वाचन सफल रूपमा सम्पन्न भयो। चुनावी रौनकले देश नै तातेका बेला कलाकारहरू त्यसबाट अछुतो रहने कुरै आएन। उक्त चर्चाको अग्रपंक्तिमा रहे, नायिका रेखा थापा र नायक भुवन केसी। दुवै चुनावकै लागि कम्युनिस्ट पार्टीमा सक्रिय रूपमा लबिङ गरिरहे। रेखा थापाको टिकट मतदाता नामावलीमा नाम नै नभएपछि खेर गयो। यस्तै एमालेबाट प्रत्यक्षतर्फ काठमाडौं- १ मा टिकट पाएर पनि भुवन केसी चुनाव लड्नबाट बञ्चित भए। एमालेले पछि फेरि उनको टिकट खोस्यो। समानुपातिकमा स्थान पाइने आशाले उनी चुनावी प्रक्रियामा कम्मर कसेर सक्रिय भए, तर समानुपातिकमा पनि एमालेले उनलाई जिल्लाराम बनाइदियो।
रिमा, ऋतु र अफेयर
नायिका रिमा विश्वकर्मा पनि गत वर्ष व्यस्त रहिन्। चलचित्र ऋतु एवं म्युजिक भिडियोहरूमा उनको व्यस्तता देखियो। उनी र्याम्प मोडलिङमा पनि सोजस्टपरका रूपमा थुप्रै इभेन्टमा देखा परिन्। रिमाले गत वर्ष ४ वटा पन्जाबी म्युजिक भिडियोमा पनि अभिनय गरिन्। भारतीय संगीतमा उनले अभिनय गरेका म्युजिक भिडियोले केही चर्चा पनि पाए। वर्षको अन्त्यतिर गायक अमिर शेखसँगको उनको अफेयर सार्वजनिक भयो। यद्यपि उक्त सम्बन्ध लभ अफेयर नभई साथीको मात्र भएको रिमा र आमिरले फेसबुकमा लेखेका छन्। रिमाले वर्षको अन्त्यमा सोलो नायिकाका रूपमा चलचित्र भालेफाइट साइन गरेको बताएकी छिन्।
रेखा, छवि र रजनी
नायिका रेखा थापा र उनका पूर्वपति छवि ओझाको सम्बन्धमा प्रशस्त उतारचढाव देखियो। छविको लोफर र रेखाको काली चलचित्र जुध्ने अवस्थासम्म सिर्जना भएको थियो तर पछि उनीहरू समझदारीमा गए। छविले आफ्नो ब्यानरका सबै चलचित्रमा रेखालाई नायिकाका रूपमा अभिनय गराउँदै आएको इतिहास यो वर्ष ब्रेक गरे। ओझाले चलचित्र लोफरमा नयाँ नायिका रजनी केसीलाई भित्र्याए, त्यसपछि रेखा छविसँग चिढिइन्। यस्तै प्रदर्शोन्मुख चलचित्र लज्जामा शिल्पा पोखरेललाई नायिकाका रूपमा अनुबन्ध गरेपछि रेखा थप रिसाइन्। शिल्पाले आफूले प्रयोग गरेका सामग्री प्रयोग गरेको भन्दै रेखा आगो भएकी थिइन्। शिल्पालाई श्रीमती बनाउने छवि ओझाको प्रस्ताव पनि चर्चाको विषय बन्यो।
झरना, आध्यात्म र होटल बज्र
मिस नेपाल वल्र्ड झरना बज्राचार्यले नायिकाका रूपमा थुप्रै चलचित्रमा काम गरिन् तर उनले आशातित सफलता पाइनन्। व्यक्तिगत जीवनमा पनि उनले थुप्रै उतारचढाव भोग्नुपर्यो। लामो ग्यापपछि झरना केही काममा देखा परिन्, तर उनको अभिनय सक्रियता भने पहिले जस्तो छैन्। अहिले झरना योग गुरु भएकी छिन्।
कोमल वली, राजनीति र बिहे
गायिका कोमल वलि नायिकाका रूपमा देखा परिन्। कोमलले नायक राजेश हमालसँगको चलचित्र राजनीतिमा शीर्ष भूमिकामा अभिनय गरेकी हुन्। राजनीति कहिले आयो र गयो भन्ने पत्तो पनि भएन्, यद्यपि उक्त चलचित्रमार्फत कोमलले भने चर्चा पाइन्। त्यसो त यही वर्ष कोमल वलीले अब विवाह नगर्ने घोषण गरिन्। कोमल ब्रह्मकुमारीको भेषमा सजिएको तस्बिर पनि यही वर्ष सार्वजनिक भयो।
जिया केसी, एटिएम र भित्री वस्त्र
नायिका जिया केसी चलचित्र एटिएममा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका हुन्। उनले एटीएमजस्तै चलचित्र बर्बादमा पनि उत्तेजक दृश्य दिएकी थिइन्। उनले भुवन केसीसँगको अफेयर पनि सार्वजनिक गरेकी थिइन्। जियाले दीपक श्रेष्ठले निर्देशन गर्नै चलचित्र रङवेको एउटा प्रोमोका लागि भित्री वस्त्र खोलेको दृश्य दिइन्, जुन चर्चा र आलोचनाको विषय बन्यो। त्यसो त जियाले अनलाइन खबरसँगको अन्तर्वार्तामा यहाँ बिक्ने भनेकै उत्तेजक दृश्य हो भनेर पनि चर्चा पाइन्।
उदित आए अनि गए
१२ वर्षको अन्तरालमा चर्चित पाश्र्वगायक उदितनारायण झा नेपाल आए। एनएफडिसी चलचित्र एवार्डका लागि श्रीमतीसहित नेपाल आएका उदितले एवार्ड समारोहमा गीत गाउँदै नेपालका उच्चपदस्थ व्यक्तित्वहरूलाई भेटे। नेपालका लागि काम गर्न आफू सधैं तयार भएको उनको भनाइ थियो।
हास्यकलाकारहरू हिट
छ एकान छ हिट भएपछि त्यसको जस पाए, ६ हास्यकलाकारले। दीपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, सिताराम कट्टेल र सन्दीप क्षेत्री यो चलचित्रमार्फत हिरो भए। चलचित्रका निर्माता दीपकराज गिरी यो चलचित्रको सफलतापछि उत्साहित भएर अर्को चलचित्र निर्माणमा जुटिसकेका छन्। यस्तै अर्का अभिनेता सीताराम कट्टेलले चलचित्र नाइँ नभन्नु ल-२ मा चरित्र अभिनेताका रूपमा देखा परे। सन्दीपले त्यसपछि फटाफट चलचित्रमा काम पाइरहेका छन्। छ एकान छमा अभिनय नगरेका अर्का हास्यकलाकार विल्सनविक्रम राई पनि चलचित्र अभिनयमा व्यस्त छन्। यो वर्ष उनले एक चलचित्रका निम्ति १६ लाख रुपैयाँ नेपाली लिएर अनुबन्धपत्रमा हस्ताक्षर गरे, जुन नेपाली कलाकारले लिएको सर्वाधिक रकम हो।
दीपाश्रीको भाग्य
७० साल नायिका एवं हास्यकलाकार दीपाश्री निरौलाका निम्ति बलियो वर्ष रहेछ। उनले यही वर्ष १ करोड रुपैयाँको घर किनिन्। त्यति मात्र होइन्, दुईपाङ्गे्र स्कुटीबाट बढ्दै चारपाङ्ग्रे स्यान्ट्रोमा सवार भइन्। टेलिभिजन कलाकर्मीमञ्चको अध्यक्ष बन्नुका अत्तिरिक्त उनी आफ्नै ब्यानरको चलचित्र छ एकान छको असिस्टेन्ट डाइरेक्टर समेत हुन भ्याइन्।
ऋचा दम्पत्ति पलायन
नायिका ऋचा घिमिरे तथा उनका निर्देशक श्रीमान शंकर घिमिरे अमेरिका पलायन भए। यद्यपि समाचारहरूमा आएजसरी पलायन भएको नभई चलचित्र तुलसी प्रदर्शनका निम्ति अमेरिका आएको उनीहरूको जिकिर रह्यो। चलचित्र तुलसीको छायांकनका लागि क्यानाडा पुगेका उनीहरू त्यतैबाट अमेरिका छिरेका थिए।
अन्य चर्चित पक्ष
नायिका मेलिना मानन्धर लामो अन्तरालपछि बौद्ध भिक्षुणीको जीवनमा आधारित चलचित्र धम्मवतीमा देखा परिन्। नायक मुकेश ढकालसँगको वैवाहिक सम्बन्धपछि उनको अभिनय यात्रामा बिराम लागेको थियो। नायिका अनुशाहले जिरो फिगर बनाउँदै चलचित्र सकसका लागि गीत गाएको समाचार पनि चर्चामा रह्यो। यस्तै सीताराम कट्टेल र कुञ्जना घिमिरे छोरीका बाबु आमा बने। गायिका निशा सुनारले गर्भवती भएपछि निर्देशक, अभिनेता शंकर बिसीसँग विवाह गरेको खुलासा गरिन्। नायिका केकी अधिकारी नाटक चारुमतीमा अभिनय गरेर थिएटरमा पनि सक्रिय भइन् भने महानायक राजेश हमालले अनुप बरालद्वारा निर्देशित कोर्टमार्सलमा अभिनय गरेर उल्लेख्य चर्चा बटुले।