नयाँ वर्षको आगमनसागै नेपालका तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी थारु तथा राजवंशी समुदायको सिरुवा पर्व सम्पन्न भएको छ । एक वर्षको ३ सय ६५ दिनमध्ये अन्तिम महिनाको अन्तिम दिनका रूपमा गत सोमबार हिलो छयापेर काद सिरुवा मनाइएको हो । एक वर्षभित्र गरेका नराम्रा कामहरू बिर्सनु भन्दै ठूलाबडाका हातबाट स्थानीयस्तरमा भएका ग्रामथानमा भेला भएर हिलो दलादल गरिएको हो । नयाँ वर्षसँगै तीन दिनसम्म रङ खेलेर सिरुवा पर्व मनाउने चलन छ ।