प्रथम पत्र
यो तहका लागि २ वटा पत्रमा परीक्षा दिनुपर्ने हुन्छ। दुवै पत्रका लागि एक/एक घण्टासमय उपलब्ध हुनेछ। प्रथम पत्रअन्तर्गत सामान्य ज्ञान र सामाजिक विषयको परीक्षा हुनेछ। यसअन्तर्गत नेपालको भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक अवस्थाका बारेमा प्रश्नहरू सोधिनेछन्। त्यस्तै सार्क मुलुकसँग सम्बन्धित प्रश्नहरू पनि सोधिनेछ। त्यसैगरी सामाजिक अध्ययनअन्तर्गत नेपालको प्रकृतिक तथा राजनीतिक विभाजन, नेपालको इतिहास, बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको महत्व र विशेषता चालू पञ्चवर्षीय योजनाको सामान्य जानकारी पनि सोधिनेछन्। त्यस्तै सरकारी बजेट, नेपाल राष्ट्र बैंकका कार्यहरू, वातावरण प्रदूषण, सहरीकरण र जनसंख्या वृद्धि कारण एवं निवारणका उपायहरू, सामाजिक सुधार, मुलुकी ऐन एवं आर्थिक सुधार तथा भूमि सुधारसम्बन्धी प्रश्नहरू सोधिन्छ।
द्वितीय पत्र
पहिलो पत्र सकिएको केही घण्टाको फरकमा अथवा अर्काेदिन दोस्रो पत्रको परीक्षा लिइन्छ। यसअन्तर्गत सेवासम्बन्धी प्रश्नहरू समेटिएका हुन्छन्। कार्यालयको कार्यविधि जसअन्तर्गत दर्ता, चलानी, फाइलिङ, टिप्पणी र पत्र व्यवहारहरू छन्। त्यसैगरी स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयको काम कर्तव्यसम्बन्धी प्रश्नहरू सोधिनेछ। बैंक नगदी किताब, बजेट सिट, गोश्वारा भौचरसँग सम्बन्धी प्रश्नहरू पनि सोधिन्छ। त्यसैले यी कुराहरूको पनि ख्याल राख्नु आवश्यक छ। जिन्सी श्रेष्ता, दाखिला रिपोर्ट, म.ले.प.फा नं. ४६, खर्च नहुने खाता म.ले.प. फा. नं. ४७ र खर्च हुने खाता म.ले.प.फा. नं. ४६ का बारेमा पनि जानकारी लिनुपर्छ। त्यसैगरी नेपालको अन्तरिम संविधान २०६३ का बारेमा पनि प्रश्न सोधिन्छ। स्थानीय प्रशासन ऐन २०२८, भ्रष्टाचार निवारण ऐन, २०५९, स्थानीय स्वायत्त शासन ऐन २०५५ पनि अध्ययन गर्नुपर्छ। यसबाट पनि महत्वपूर्ण प्रश्नहरू सोधिन्छ। त्यसैगरी निजामती सेवा ऐन २०४९ तथा निजामती सेवा नियमावली २०५० पनि जान्नुपर्छ, जसमा नियुक्ति, आचरण तथा सजायसम्बन्धी जानकारीहरू छन्।
लोकसेवा परीक्षाको तयारी गर्दा पढाइ र घोकाइका साथै सामूहिक छलफल पनि फलदायक हुन्छ। लोकसेवाको तयारी गर्ने साथीहरूबीच ग्रुप स्टडी गर्नु, जानेको कुरा सेयर गर्नु, नजानेको कुरा सिक्नु, नियमित रूपमा आफू-आफूमा परीक्षा लिनु, उत्तर हल गर्ने प्रयास गर्नु तथा सामूहिक रूपमै अध्ययन गर्नु फलदायक हुन्छ। यसबाट आत्मविश्वास बढ्ने, लेखनशैली सुधि्रने, नयाँ कुरा थाहा पाइने, ज्ञानको स्तर बढ्ने मात्र होइन, विषयवस्तुमा स्पष्टता थपिनुका साथै समयको सदुपयोगसमेत हुन्छ। लोकसेवा परीक्षाको तयारी गर्दा विषयको अंकभार तथा कठिनताका आधारमा समय विभाजन र प्राथमिकता निर्धारण गर्नुपर्छ। जुन पाठबाट बढी प्रश्न सोधिन्छ र जुन पाठ आफूलाई बढी कठिन लाग्छ त्यसमा समय बढी दिनुपर्छ। आफूलाई सजिलै आउने विषयलाई पटक-पटक दोहोर्याउने र अप्ठेरो विषयलाई समय नदिँदा लोकसेवाको परीक्षामा सफलता हात पर्न सक्दैन।
विषयगत प्रश्न हल गर्न नियमित अभ्यास गर्नुपर्छ। उत्तर लेख्ने सुगठित तथा व्यवस्थित शैलीको विकास गर्नुपर्छ। पढिरहनेभन्दा पनि लेख्दै पढ्ने र लेखेको कुरा आफ्ना सहपाठी वा सम्बन्धित क्षेत्रको मानिसलाई देखाएर पृष्ठपोषण लिनुपर्छ र लेखन शैली सुधार्दै जानुपर्छ। लोकसेवाको तयारी गर्दा निरपेक्ष अध्ययन नगरी सापेक्षतामा अध्ययन गर्नुपर्छ। ती विषयलाई विभिन्न आयामबाट विश्लेषण गर्नुका साथै विषयहरूबीचको अन्तरसम्बन्ध पहिल्याई विशेषता, उद्देश्य तथा महत्व र आवश्यकता अनि वर्तमान सन्दर्भका विषयमा रहेका साझा कुरा टिपोट गर्नुपर्छ ताकि तीमध्ये जुनसुकै विषयबाट आएको प्रश्न भए पनि ती साझा कुरा लेख्न सकियोस्। जस्तै लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन तथा सुशासन ३ अलग विषय भए पनि यी तीनवटै आपसमा अन्तरसम्बन्धित छन् र तीनवटैका विशेषता, उद्देश्य तथा महत्वमध्ये धेरै कुरा साझा हुन्छन्।
तयारी टिप्स
ट्वान्टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालका तर्फबाट ँम्यान अफ दि म्याच’ बन्ने खेलाडी को हुन्?
- जितेन्द्र मुखिया
मलेसियाबाट चीनका लागि प्रस्थान गरेको एमएच ३७० बिमान उडेको एक घण्टामै सम्पर्क विच्छेद भएको थियो। उक्त विमानमा कति यात्रु सवार थिए?
- २ सय ३९ जना
नेपालमा पहिलो पटक केवलकार सञ्चालन गर्ने व्यवसायी को हुन्?
- लक्ष्मण बाबु श्रेष्ठ (वि.सं.२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको थियो)
वि.सं. २०७० सालको प्रवेशिका परीक्षामा जम्मा कति जना विद्यार्थी सहभागी थिए?
- ५ लाख ६६ हजार ८५ जना
बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई कति रनले पराजित गरेको थियो?
- ९ रन
सामाजिक सञ्जाल फेसबुकको सुरुआत कहिले भएको थियो?
- सन् २००४, फेब्रुअरी ४
लोकप्रिय सर्च इन्जिन गुगलका संस्थापक को हुन्?
- ल्यारी पेग र सर्जी ब्रेन
दोस्रो संविधानसभाकी उपसभामुख कुन पार्टीकी सभासद हुन्?
- एकीकृत नेकपा माओवादी (ओनसारी घर्तीमगर)
अमेरिकी पत्रिका ँफोब्र्स’ ले सार्वजनिक गरेको सन् २०१४ का विश्वका अर्बपतिहरूको सूचीमा नेपालका तर्फबाट विनोद चौधरी कति औं स्थानमा छन्?
- १ हजार ४ सय ६५ औं
फोब्र्स पत्रिकाको अर्बपतिहरूको सूचीअनुसार पहिलो नम्बरमा रहेका बिलगेट्सको सम्पत्ति कति छ?
- ७६ अर्ब अमेरिकी डलर
नेवार जातिको पुरोहितलाई के भनिन्छ?
- गुभाजु
नेपालको सबैभन्दा लामो हिमनदी कुन हो?
- खुम्बु
भ्यालेन्टाइन-डे कहिले मनाइन्छ?
- हरेक वर्ष १४ फेब्रुअरीमा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको न्वारानको नाम के हो?
- तीर्थमाधव देवकोटा
२०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ छ, यसमा हिन्दु धर्म मान्नेहरू कति प्रतिशत छन्?
- ८१ दशमलव ३ प्रतिशत
रारा ताल कति उचाइमा छ?
- ३ हजार २ सय मिटर
सार्क राष्ट्रमध्ये आफ्ना नागरिकलाई ई-पासपोर्ट उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो?
- माल्दिभ्स
भारतको २९ औं राज्यका रूपमा मान्यता पाएको तेलंगना कुन राज्य वा प्रान्तबाट छुटिएर बनेको हो?
- आन्ध्र प्रदेश
इन्टरनेटमा प्रयोग गरिने धधध को सार्वजनिक प्रयोग कहिलेदेखि भएको हो?
- सन् १९९३ अप्रिल ३० देखि