संगीतकार अर्जुन पोखरेलले चलचित्र 'टाइगर द रियल हिरो' का लागि मादक पदार्थ सेवन (मापसे) मा आधारित गीत तयार पारेका छन्। 'नरिसाऊ न डार्लिङ मापसेले मार्यो' गीतको रेकर्डिङको थालनी ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीले गरेका थिए। कुसुम भट्टराईको शब्दको उक्त गीतमा रामजी खाँड तथा पूर्णकला बिसीको पाश्र्व गायन छ। रेकर्डिङको शुभसाइत समारोहमा चलचित्रका निर्देशक राजु गिरी, नायिका शुभेच्छा थापा तथा गीतकार भट्टराई पनि उपस्थित थिए।