शान्तिनगरस्थित पर्यटकीयस्थल तालतलैयामा गायक राजेशपायल राईको गीतको प्रस्तुतिमा दर्शकहरू गर्मीको कुनै परवाह नगरी नाचे। झमक्कै साँझ परेपछि स्टेजमा उक्लिएका राजेशले 'फेरि नाइँ नभन्नु ल....' गीतबाट आफ्नो प्रस्तुति प्रारम्भ गरेका थिए। कार्यक्रममा राजेशले डेढ दर्जन गीत गाएका थिए। त्यस्तै विनोद खम्बुको प्रस्तुतिमा दर्शकले पर्याप्त मनोरञ्जन प्राप्त गरे। उक्त कार्यक्रममा रामबाबु राई, राकेश किराँती, निरु राई आदिले पनि गीत सुनाएका थिएभने छमछमीकी सहभागी चेत सुनुवारको प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।