साप्ताहिक संवाददाता
guitarplayerworld.com
गितार सिक्न चाहनेहरूले नियमित रूपमा कक्षा लिनु आवश्यक छैन। यसका लागि यो साइटमार्फत अनलाइन पनि सिक्न सकिन्छ। यसमा सिलसिलेवार रूपमा गितार बजाउने विधि सिक्न सकिन्छ। यसमा गितारसँग सम्बन्धित विभिन्न टेक्निक, जस्तै— गितार ट्याब्स, गितार प्रोफाइल्स, एमपीथ्री फाइल्स, सफ्टवेयर आदिका बारेमा समेत जानकारी उपलब्ध छ। यसको सफ्टवेयर डाउनलोडसमेत गर्न सकिन्छ।
sketchup.google.com
चित्र वा स्केच बनाउन सिक्नेहरूका लागि यो साइट एकदमै उपयोगी छ। युवापुस्ताबीच यो साइट लोकप्रिय पनि छ। यसले थ्रीडी मोडल क्रिएट गर्न पनि सिकाउँछ। यो साइटको सहयोगमा विभिन्न टुल्स प्रयोग गरी आफूलाई मन पर्ने स्केच बनाउन सकिन्छ।
cartoonster.com
यो साइटले अनलाइन एनिमेसन ट्युटोरियल उपलब्ध गराउँछ। यसको मदतले एनिमेसन टुल्स तयार गर्न सकिन्छ। यसमा विभिन्न च्याप्टर छन्, जसले विभिन्न क्यारेक्टरको चित्र बनाउन र त्यसलाई एनिमेट गर्न सिकाउँछ।
photographycourse.net
फोटोग्राफीमा रुचि भएकाहरूका लागि यो साइट एकदमै महत्त्वपूर्ण छ। यो साइट फोटोग्राफीका बारेमा केही नजानेकाहरूका लागिसमेत उपयोगी छ। यसमा क्यामेरा ह्यान्डिल गर्ने, त्यसमा खिचिएका तस्बिरहरूलाई कम्प्युटरमा राख्ने तरिका तथा डिजिटल इक्विपमेन्ट एवं डिजिटल फोटोग्राफीका बारेमा सम्पूर्ण जानकारी समावेश गरिएको छ। यसको सहयोगले एउटा योग्य क्यामेरा पर्सन बन्न सहयोग पुर्याउँछ।
vttlive.com
यो साइट भिडियोग्राफीका बारेमा रुचि राख्नेहरूका लागि उपयोगी छ। यसले एउटा योग्य भिडियो पर्सन बन्न सहयोग पुर्याउँछ। यसमा भिडियोग्राफी, अन्डर वाटर भिडियोग्राफी, डिजिटल भिडियो रेकर्डिङ तथा विभिन्न फरक-फरक कम्पनीका भिडियो सञ्चालन गर्ने विधिहरू सिकाइएको छ।
comicmaster.org.uk
यो साइट ग्राफिक नोवेल वा कमिक निर्माण गर्न चाहनेहरूका लागि उपयोगी छ। यसको सहयोगले ग्राफिक नोवेल क्रिएट गर्न सकिन्छ। यो साइटले पेज अरेन्ज गर्न, कमिक क्यारेक्टरहरू छनोट गर्न तथा विभिन्न प्रकारका संवाद लेख्न सिकाउँछ। यसका लागि प्रयोगकर्ताले एउटा आइडी र पासवर्ड छनोट गर्नुपर्छ।
teensforplanetearth.org
वातावरण जोगाउने नारा अहिले निकै लोकप्रिय छ। यो साइटको सहयोगले हामी पनि उक्त अभियानमा सामेल हुन सक्छौ। पृथ्वीलाई प्रदूषणबाट बचाउन कुनै पनि प्रोजेक्ट छनोट गरी त्यसमा सामेल हुन सकिन्छ।
ज्ञान र मनोरञ्जन एकसाथ
कुनै-कुनै साइट यस्ता छन्, जसको प्रयोग गर्दा ज्ञान बढ्नुका साथै मनोरञ्जन पनि हुन्छ। यी साइटमा भएका विभिन्न प्रकारका खेल वा प्रोग्रामलाई कम्प्युटरमा डाउनलोड गरी फुर्सदमा उपयोग गर्न सकिन्छ, जसमा पजल, थ्रीडी वा सुटिङ गेम आदि हुन सक्छन्। त्यस्ता केही साइट यस प्रकार छन् ः
www.imboredr.com
www.meez.com
www.bgames.com
zapak.com
resources.kaboose.com/games
funskoolindia.com
kids.nationalgeographic.com
curiosity.discovery.com
www.arcade.com
इन्टरनेट अहिले मानिसका लागि अभिन्न अंग भैसकेको छ। यसको सहयोगले धेरै काम गर्न सकिन्छ, संसार बुझ्न सकिन्छ। साथीभाइहरूसँग विभिन्न अनावश्यक विषयमा गफ गरी समय खेर फाल्नुभन्दा यस्ता महत्त्वपूर्ण साइट अध्ययन गरे केही न केही फाइदा अवश्य हुन्छ। इन्टरनेटमा खोजी गर्दा यस्ता विभिन्न साइट भेटिन्छन्। खोजीका लागि गुगललगायतका विभिन्न सर्च इन्जिन प्रयोग गर्न सकिन्छ। त्यसमा आफूलाई मन लागेको विषय टाइप गरे यस्ता हजारौ साइट भेटिन्छन्। आफ्नो रुचिको विषय कुन हो र कुन साइट आफ्ना लागि उपयोगी छ भन्ने थाहा पाउनु नै महत्त्वपुर्ण कुरा हो।
- एकराज सुवेदी
नेपाली बजार : प्रतिघण्टा १० रुपैयाँमा वाईफाई
नेपाल टेलिकमले राजधानीका विभिन्न स्थानमा उपलब्ध गराउँदै आएको वाईफाईलाई अब सशुल्क बनाएको छ। परीक्षणका लागि निःशुल्क वितरण गरिँदै आएको इन्टरनेट सेवा सफल भएपछि टेलिकमले त्यसलाई सस्तो दरको इन्टरनेट प्याकेजमा परिणत गरेको हो। नयाँ योजनाअनुसार अब ग्राहकले प्रतिघण्टा १० रुपैयाँ तिर्नुपर्नेछ। ग्राहकले आफ्नो मोबाइलको म्यासेज बक्स मार्फत प्राप्त गरेको पासवर्ड प्रयोग गरी एकैपटक वा पटकपटक गरी एक घण्टा इन्टरनेट चलाउन सक्छन्। यद्यपि युजर नेम तथा पासवर्ड प्राप्त गरेपछि २४ घण्टाभित्र यो सेवा प्रयोग गरीसक्नुपर्नेछ। उक्त सेवा प्रयोग गर्न नेपाल टेलिकमको जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइलबाट वाईफाई टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ। त्यसको केही समयमै मोबाइलमा पासवर्ड प्राप्त हुन्छ। अनि आफ्नो मोबाइल, ट्याब तथा ल्यापटपको वाईफाई मेनुमा गै नेपाल टेलिकमको वाईफाई कनेक्ट गर्न सकिन्छ। कनेक्ट भैसकेपछि कुनै वेबपेज खोल्नुपर्छ। उक्त वेबपेजमा देखा पर्ने युजर नेम नामक बक्समा प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर तथा प्राप्त भएको पासवर्ड टाइप गरेपछि इन्टरनेट चलाउन सकिन्छ। हाल टेलिकमले राजधानीका विभिन्न अस्पताल, चोक, सपिङमल, कलेज आदि विभिन्न स्थानमा यस्ता हटस्पट निर्माण गरेको छ।
अब फेसबुकमै सेभ
फेसबुकमा कुनै समाचारको लिंक, तस्बिर, गीत आदि महत्वपूर्ण सामग्री सेभ गरेर राख्न सजिलो थिएन। यद्यपि अब फेसबुकले यो असजिलो पनि फुकाइदिने भएको छ। फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि यस्तो नयाँ फिचर ल्याउँदैछ, जसका माध्यमबाट आफूलाई मन परेको सामग्री सेभ गरेर चाहेको बेला पढ्न वा हेर्न सकिन्छ। फेसबुकले परीक्षण गरिरहेको 'सेभ' फिचर केही प्रयोगकर्ताको न्यूज फिडमा देखिएको छ, जसअनुसार प्रयोगकर्ताले कुनै पनि लिंक सेयर गरे वा कमेन्ट तथा लाइक गरे त्यस्तो पोस्टमुनि सेभ अप्सन देखिनेछ। उक्त आर्टिकल सेभ गरेपछि दायाँपट्टकिो कोलममा गएर बस्नेछ। मोबाइल र डेस्कटप दुवै भर्सनमा प्रयोग गर्न मिल्ने यो सुविधा अन्तर्गत सेभ गरिएका सामग्रीहरूको सूची पनि उपलब्ध हुनेछ। फेसबुकले चुपचाप परीक्षण गरिरहेको यो फिचर कहिलेदेखि लागू हुनेछ भन्ने कुरा भने बताइएको छैन।
टि्वटर पनि फेसबुकजस्तै
केही समयअघिदेखि टि्वटरको प्रोफाइल पनि फेसबुकजस्तै देखिन थालेको छ। टि्वटरले हेडर तस्बिर ठूलो देखिने गरी लुक्समा परिवर्तन गरेको छ। उक्त लुक्स फेसबुकको कभर फोटोजस्तै देखिन्छ। टि्वटरको सबैभन्दा माथि टि्वट्स, फलोअर र फोटो पोस्टको जानकारी राखिएको छ। नयाँ लुक्समा प्रयोगकर्ताले आफ्नो टि्वट्सलाई पिन टु द टप गरेर हाइलाइटसमेत गर्न सक्छन्। टि्वटरमा अब आफ्नो टाइमलाइनमा देखिने टि्वट फिल्टर गर्ने सुविधा पनि उपलब्ध छ।
स्काइपमा निःशुल्क ग्रुप कलिङ
स्काइपले ग्रुप भिडियो कलिङलाई निःशुल्क बनाएको छ। सन् २०१० मा यो फिचर सार्वजनिक भए पनि स्काइपले ग्रुप कलिङलाई प्रिमियम सेवाका रूपमा पैसा तिर्ने ग्राहकलाई मात्र उपलब्ध गराउँदै आएको थियो। पछि गुगल ह्याङआउटका साथै अन्य केहीले उक्त सेवा निःशुल्क बनाएपछि स्काइपलाई पनि यो सेवा निःशुल्क गर्न दबाब परेको थियो। अहिले स्काइपले यो सेवा म्याक, विन्डोज तथा एक्सबक्सका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको छ। छिट्टै यो सेवा अन्य सबै प्रयोगकर्ताका लागि निःशुल्क बनाइनेछ।
मोजिल्लाको फायरफक्स-२९
मोजिल्ला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन सार्वजनिक भएको छ। मोजिल्ला फायरफक्स-२९ नामको उक्त भर्सन डेस्कटप एवं मोबाइलका लागि निर्माण गरिएको हो। यो मोबाइल ब्राउजरमा पहिले भन्दा केही परिवर्तन गरिएको छ, जबकि डेस्कटप भर्सनको पूरै परिचय नै बदलिएको छ। यसको डेस्कटप भर्सनमा गुगल क्रोमको नयाँ ट्याब बार जोडिएको छ, जसमा पिरामिडजस्तो ट्याब छ। मोजिल्लाले यसमा पनि एड्रेस बार तथा सर्च बारलाई अलग-अलग राखेको छ। यद्यपि क्रोमजस्तै यसको दायाँतिर सेटिङ बटन छ। क्रोममा सेटिङको लिस्ट देखिन्छ भने फायरफक्सको यो ब्राउजरमा आइकनका साथ सेटिङ अप्सन देखिन्छ। यसलाई ड्रयाग-ड्रप गरेर परिवर्तन पनि गर्न सकिन्छ।
क्रोमले जस्तै फायरफक्सले पनि सिंक अप्सन दिएको छ। अब जहाँबाट ब्राउज गर्दा पनि बुकमार्क, हिस्ट्री र पासवर्डको चिन्ता गर्नुपर्दैन। उक्त ब्राउजर खोलेर लगइन गर्ना साथ सबै चिज प्राप्त गर्न सकिन्छ।
गुगल प्लस बन्द हुने
फेसबुकको प्रतिष्पर्धी मानिएको गुगल प्लस बन्द हुने सम्भावना छ। गुगलले आधिकारिक रूपमा पुष्टि नगरे पनि आशातीत सफलता हासिल गर्न नसकेकाले गुगल प्लस बन्द हुने चर्चा चलेको हो। केही दिनअघि यसका प्रमुख भिक गुन्डोत्राले अचानक गुगल प्लस छाडेपछि उक्त कुराले थप पुष्टि पाएको हो।
अहिले गुगल प्लसमा ५४ करोडले आफ्नो एकाउन्ट बनाएका छन् भने त्यसका दैनिक ७० लाख प्रयोगकर्ता छन्। फेसबुकपछिको दोस्रो ठूलो सञ्जाल जिमेलमा एकाउन्ट खोलेपछि स्वतः एकाउन्ट क्रिएट हुने भएकाले गुगल प्लस चलाउन सजिलो थियो। यसमा फ्रेन्ड सर्कल, ह्याङआउट, स्पाक्र्स, हुडल, इन्स्ट्यान्ट अपलोड तथा द गुगल प्लस प्रोजेक्टजस्ता फेसबुकभन्दा युनिक विशेषता छन्। फेसबुकसँग प्रतिस्पर्धा गर्न गुगल प्लसले एकैपटक १० जनासँग भिडियो च्याट गर्न सकिने सुविधा पनि उपलब्ध गराएको थियो। पछि फेसबुकले स्काइपसँग मिलेर भिडियो च्याट सुविधा थपेको थियो। फेसबुकको जस्तो सुविधा गुगल प्लसमा छँदै थियो, त्यसका अतिरिक्त फेसबुकमा नभएकामा फ्रेन्ड सर्कल, ह्याङआउट, स्पाक्र्स, हुडल, इन्स्ट्यान्ट अपलोड, द गुगल प्लस प्रोजेक्टजस्ता फिचर प्रयोग गर्न पाइन्थ्यो।
प्रसिद्ध प्रविधि साइट टेकक्रन्चले प्रतिस्पर्धी सामाजिक सञ्जाल फेसबुक, टि्वटरको तुलनामा गुगल प्लस सफल हुन नसकेकाले यसलाई बन्द गर्न लागिएको बताएको छ। गुगलले यसलाई वेब प्लेटर्फमका रूपमा जिमेल, यु-ट्युब आदि गुगल प्रोडक्टसँग जोडिरहनेछ। गुगल प्लसमा झन्डै १ हजार २ सय कर्मचारी छन्। तिनलाई गुगलको मोबाइल ओएस एन्ड्रोइड डेभलपमेन्ट सेक्सनमा सारिनेछ। गुगलका प्रवक्ताले भने यो बजार हल्लालाई अस्वीकार गरेका छन्।