साप्ताहिक संवाददाता
झमककुमारी घिमिरको यो पुस्तकले जीवनको वास्तविकतासँग साक्षतकार गराउँछ। यसमा आत्मबल, संघर्षका साथै समाजको यथार्थ चित्रण पनि छ।
चलचित्र ः आमा
नेपालको पहिलो चलचित्र भएकाले मात्र होइन, नेपालमा चलचित्रको थालनी गर्ने भएकाले पनि यो चलचित्र मन पर्छ।
खाना ः नेपाली
सादा नेपाली खानामा जुन स्वाद र मिठास छ, त्यो अरू कुनै खानामा छैन। नेपाली दाल, भात तरकारीसहित गोलभेंडाको अचार असाध्यै मीठो लाग्छ।
स्थान ः पोखरा
प्रत्येक बिहान प्रकृतिको अनुपम उपहार हिमालसँगै मुस्कुराउँदै उठ्न पाइन्छ। सफा, सुन्दर अनि सानो हाम्रो पोखराको वर्णन शब्दमा गर्न सकिँदैन।
मन्दिर ः बगलामुखी
मलाई बगलामुखी माताप्रति असाध्यै विश्वास छ। काठमाडौंमा भएका बेला म यो मन्दिर गैरहन मन पराउँछु।
गायक ः अमृत गुरुङ
माया, प्रेम, जीवन, देश, प्रकृति आदि विविध विषयमा गीत गाउने एकमात्र गायक अमृत गुरुङ नै हुन्।
गायिका ः कुन्ति मोक्तान
मीठो आवाजकी धनी कुन्ति मोक्तानका गीत सुन्दा समय बितेको पत्तो पाइँदैन।
गीत ः माया गर्ने बानी, उल्टै गर्छ हानि...
नेपथ्य समूहको यो गीतको हरेक पक्ष आकर्षक छ। अरूलाई माया गर्दा कहिलेकाहीं हानि हुन्छ भन्ने कुरालाई यथार्थपरक शैलीमा व्यक्त गरिएको छ।
पहिरन ः क्याजुअल
लगाउँदा आकर्षक देखिने मात्र होइन, सजिलो पनि हुने भएकाले।
मौसम ः शरद ऋतु
न जाडो न गर्मी। यति बेला वातावरण नै रोमान्टिक हुन्छ।
टिभी कार्यक्रम ः हार्ट टु हार्ट
पोखराको थर्ड आई टेलिभिजनको यो कार्यक्रममार्फत मैले धेरै दर्शकको माया पाएको छु।
सवारी साधन ः स्कुटी
हामी युवतीहरूलाई सुहाउने तथा सजिलो साधन नै स्कुटी हो।
रंग ः रातो
रातो रंगलाई प्रेम र सुखको प्रतीक पनि मानिन्छ। खुसीलाई पनि रातै रंगले प्रतिनिधित्व गर्छ। रातो रंगका पहिरनमा म आकर्षक पनि देखिन्छु।