वैशाख २६, २०७१
दमक
फाल्गुनन्दको समाधिस्थल रहेको सिलौटीनजिकै उनको तपोभूमिका रूपमा परिचित लब्रेकटी छ। उक्त स्थानमा फाल्गुनन्दले वि.सं. १९८८ वैशाख २४ गते भद्र व्यक्तित्वहरूको भेला गराई सत्यधर्म मुचुल्काको घोषणा गरेका थिए, जसलाई किराँत समाज सुधारको एक महत्त्वपूर्ण दस्तावेजका रूपमा लिइन्छ। महोत्सवमार्फत सिलौटी क्षेत्रमा फाल्गुनन्द संग्रहालय स्थापना गर्ने, पर्यटन प्रवर्द्धनका लागि कृत्रिम तथा प्राकृतिक रूपमा रहेका विभिन्न मन्दिरहरूको भौतिक एवं पुरातात्त्विक संरक्षण एवं विकास गर्ने तथा उक्त क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्।