सुनसरीको भरौलस्थित अमाहा सिमसारको प्रचार गर्ने उद्देश्यले गत सोमबार ऐतिहासिक देवीथान तथा शिवालय मन्दिर मेला सम्पन्न भएको छ। पहिलो पटक आयोजित उक्त एकदिने मेलामा भरौलमात्र नभई सुनसरी तथा मोरङका विभिन्न स्थानका मानिसहरू सहभागी थिए। स्थानीय परिकार एवं विभिन्न खेल तमासासहित आयोजित मेलामा गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो।