सिक्किममा जन्मिएकी नेपाली रक गायिका झरना गुरुङ कुशल ब्युटीसियन पनि हुन्। गुरुङले काठमाडौंको पाको, न्युरोडमा सञ्चालनमा ल्याएको अ दोसिना ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा महिला तथा पुरुषका लागि विभिन्न सुविधाहरू उपलब्ध छन्। यहाँ सबै किसिमका हेयर कट, थ्रेडिङ, टि्रटमेन्ट, हेयर मसाज, स्टेट, मेकअप, फेसियल, प्रिमिङ, ब्लिचङ, कलरिङ आदि सुविधा प्राप्त गर्न सकिन्छ। पार्लर सञ्चालिका गुरुङका अनुसार यहाँ ब्युटीसियनसम्बन्धी ६ महिने तथा ३ महिने तालिम पनि लिन सकिन्छ। मेकअपका लागि होम सर्भिसको सुविधा पनि छ। यहाँ थ्रेडिङ गरेको ५० रुपैयाँदेखि मेकअप गरेको ७ हजारसम्म खर्च गर्न सकिन्छ। दोसिनामा पुरुषहरूका लागि हेयर कट, कलरिङ, फेसियलजस्ता सुविधा उपलब्ध छन्। मोडल, गायकहरूका साथै अन्य कलाकारहरू पार्लरको सुविधा लिन दोसिना पुगिरहन्छ।