थकान र तनाव मेटाउन प्राकृतिक पद्धतिबाट उपचार गरिने स्पा सेन्टरहरू खुल्ने क्रम बढिरहेको छ। ठमेल ज्याठास्थित आश्रा कम्प्लेक्समा रहेको आनन्द स्पा एन्ड नेचुरल थेरापी सेन्टरले शरीरलाई रिल्याक्स र रिचार्ज गर्न चाहनेहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउँछ। आनन्दमा पुगेपछि योग, नेचुरलथेरापी, आर्युवेदका साथै परम्परागत चिनियाँ उपचार पद्धतिअनुरूप उपचार गरिन्छ। यहाँ सात प्रकारका स्पाबाट उपचार हुन्छ। आनन्द स्पामा थेरापी, साउना, स्टिम बाथ, योग, सिरोधारा आदिको सुविधा पनि उपलब्ध छ। सञ्चालक रोशन पुलामीका अनुसार आनन्द स्पामा ग्राहकले १ हजारदेखि ४६ हजारसम्मको प्याकेजमा सुविधा लिन सक्छन्। यो स्पामा प्राकृतिक चिकित्सकको परामर्शसमेत लिन सकिन्छ।