साप्ताहिक संवाददाता
आ-आफ्नो परिचय दिँदै अघि बढेका बालिकाहरूमध्ये १८ जना सहभागी पहिलो चरणको प्रस्तुतीकरणका आधारमा दोस्रो चरणका प्रवेश गर्न सफल भए। त्यसपछि उनीहरू बेस्ट डे्रस चरणमा आफ्नो रोजाइका पहिरनमा प्रस्तुत भएका थिए। तेस्रो चरणमा निर्णायकले सोधेका प्रश्नको आधार उत्कृष्ट ७ प्रतिस्पर्धी अन्तिम चरणसम्म पुग्न सफल भए। निर्णायक चरणमा सोधिएको प्रश्नको आधारमा विजेताको छनौट गरियो। प्रतियोगितामा सम्पदा उप्रेतीले मिस ट्यालेन्टको उपाधि जितिन् भने सुप्रिना पाखि्रनले बेस्ट डे्रस, प्रकृति खरेलले मिस एलिगेन्ट, अन्तरा विष्टले मिस चार्मिङ, रानु दासले मिस फोटोजेनिक, रुचिता महर्जनले बेस्ट हेयर, सृष्टिका बज्राचार्यले बेस्ट स्किन, सम्पदा बज्राचार्यले बेस्ट स्माइल, एली राजभण्डारीले मिस फ्रेन्डसिप, कृतिना श्रेष्ठले मिस इनोसेन्ट, कविता श्रेष्ठले मिस डिसिप्लिन तथा दुर्गा नेपालले मिस पर्सनालिटीको उपाधि जिते।