साप्ताहिक संवाददाता
जेष्ठ २, २०७१
लेडी गागाको पहिरन लिलाम
हट सिंगर लेडी गागाले लगाएको एउटा पहिरन १५ हजार अमेरिकन डलरमा लिलाम भएको छ। १५ लाख रुपैयाँभन्दा बढीमा लिलाम भएको उक्त पहिरनलाई गागाले हार्पस बजार म्यागजिनको मार्च अंकको कभर फोटोसुटका क्रममा लगाएकी थिइन्। उक्त आकर्षक पहिरनले आफूलाई नयाँ लुक दिएको गागाले बताएकी थिइन्। अमेरिकन पप सिंगर गागाकोे उक्त पहिरन खास किसिमले तयार पारिएको थियो। यो पहिरनका चार पिस विशेष किसिमले तयार गरिएको थियो, जसमध्ये एउटा गागाले लगाएकी थिइन्। आफ्नो सौन्दर्य बढाउन उक्त पहिरनको विशेष भूमिका रहेको बताउँदै गागाले अत्यधिक मन परेकै कारण फोटोसुटका क्रममा त्यही पहिरन छनौट गरेकी थिइन्।