साप्ताहिक संवाददाता
मिलन अमात्य, गायिका
साप्ताहिक प्रारम्भिक वर्षदेखि नै हरेक तन्नेरी मनको साथी भएको छ, अहिलेसम्म पनि युवाहरूको पहिलो रोजाइको पत्रिका हो— साप्ताहिक। २० वर्षको यात्राका लागि बधाई। यसभित्रका हरेक खुराक आकर्षक छन्। हेरौं र पढौं जस्तो लाग्छ। साप्ताहिकको कला, साहित्य, संगीत अनि तन्नेरी मनको मिश्रणले नयाँ पाठकलाई आकर्षण गरेको छ। अब हेर्नेभन्दा पढ्ने खुराक बढी भए बिकाउ मात्र होइन टिकाउ पनि हुन्थ्यो कि ?
दयाहाङ राई, अभिनेता
मलाई खुसी लागेको छ, यसले २० वर्षको यात्रा तय गरेकोमा। साप्ताहिकले नयाँ प्रतिभाहरूलाई ठाउँ दिइआएको छ। म २०५८ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गर्दा साप्ताहिकले अतुलनीय सहयोग गरेको थियो। पहिलो पटक साप्ताहिकमै मेरो तस्बिर प्रकाशन भएको थियो। साप्ताहिक मजस्ता सयौं कलाकारको सहयोगी पत्रिका हो।
प्रकाश पौडेल, गायक
नेपाली मनोरञ्जनको दुनियाँमा एउटा कोसेढुंगा हो— साप्ताहिक। नेपाली, कला साहित्य, खेलकुद र अन्य जानकारीका लागि साप्ताहिक पाठकका निम्ति वरदान नै हो। यद्यपि साप्ताहिक बढी सहरिया हुन थालेको छ, यसले ग्रामीण क्षेत्रलाई पनि ध्यान दिनुपर्छ।
बद्री पंगेनी, लोकदोहोरी गायक
समसामयिक मनोरञ्जन एवं ग्लामरको क्षेत्रमा २० वर्षसम्म लगातार आफूलाई एक नम्बरमा राखिरहन सफल भएकोमा साप्ताहिकलाई धेरै-धेरै बधाई। मलाई साप्ताहिक उत्कृष्ट पत्रिका हो भन्ने लाग्छ। ज्ञानवर्द्धक, मनोरञ्जक तथा ग्लामरस हुनु यसका सबैभन्दा राम्रा पक्ष हुन्। उदीयमान र संघर्षरत कलाकारहरूका लागि पनि समावेशी भैदिए अझ उत्कृष्ट हुने थियो।
कला पंगेनी, लोकदोहोरी गायिका
साप्ताहिक अहिले हरेकको मुटुमा बस्न सफल छ। मेरा लागि वान अफ दि बेस्ट न्युजपेपर हो— साप्ताहिक। साप्ताहिकको सबल पक्ष भनेको यसले सधैं हामीलाई हट एन्ड फ्रेस न्यूज दिनु हो। साप्ताहिकको सफलताको रहस्य पनि यही नै हुनुपर्छ। समग्रमा साप्ताहिकका सबै प्रस्तुति उत्कृष्ट छन्, त्यही भएर प्रत्येक शुक्रबार साप्ताहिकका समाचार हेर्न लालायित हुन्छु।
सन्जना श्रेष्ठ, गायिका
साप्ताहिक धेरैले किन्ने, थोरैले पढ्ने पत्रिका हुन थाल्यो भन्ने पाठकको आरोपलाई व्यवहारबाटै खण्डन गर्नु आवश्यक छ। पत्रिकाले हेरेर मिल्काउने भन्दा पढेर थन्क्याउने पाठकको मन जित्न सक्नुपर्छ। साप्ताहिक उत्तम छ, सर्वोत्तम बनोस्।
मनोज गजुरेल, हास्यकलाकार
साप्ताहिक टिमलाई शुभकामना। म सानैदेखि साप्ताहिक हेर्थें र आजसम्म पनि मलाई साप्ताहिक उत्तिकै मनपर्छ। यसको राम्रो पक्ष छिटो न्यूज अपडेट र कलिउड, बलिउड तथा हलिउडको पनि समाचार समावेश हुने हुँदा अरूभन्दा भिन्न छ। यसको आलोचना गर्दा एकदमै स्तरीय पत्रिकाको पहिचान बनाएको साप्ताहिकले भल्गर तस्बिरचाहिँ नराखे राम्रो हुन्थ्यो भन्ने लागेको छ।
श्वेता खड्का, नायिका
साप्ताहिकले नै नेपाली युवाहरूलाई पत्रिकासँग मित्रता गर्न सिकायो। हुन त केही युवा राजनीति र मनोरञ्जनका कोलमलाई अन्य पत्रिकामा पनि केलाउँछन् तर निस्किएकै दिन किनेर भोलिपल्टै देखि नयाँ अंकको प्रतीक्षा गरेर बस्ने पाठकको यति ठूलो जमात बनाउन अरूलाई अब २० वर्ष लाग्छ। त्यो पनि साप्ताहिकले जस्तै इमानदार मेहनत गरेमात्र। मुरी-मुरी बधाई अनि शुभकामना २० वर्षे लक्का जवान साप्ताहिकलाई।
सुरेश अधिकारी, संगीतकार
साप्ताहिक पढ्ने अवसर नपाएको धेरै भयो, मैले बुझेसम्म साप्ताहिक राम्रै होला भन्ने विश्वास छ। निरन्तर प्रगतिको कामना गर्छु।
गौरी मल्ल, नायिका
२० वर्षको यात्रामा साप्ताहिक परिपक्व भएको छ। थप जोस-जाँगरका साथ अघि बढोस्, शुभकामना छ। अहिलेको साप्ताहिकको टिममा जुन जोस-जाँगर छ, त्यो कायमै रहोस्। नियमित रुपमा नयाँ समाचार पढ्न पाइयोस्।
विल्सन विक्रम राई तक्मे बूढो, हास्यकलाकार
२० वर्ष पुरा गरेकोमा साप्ताहिक परिवारलाई धेरै-धेरै बधाई छ। साप्ताहिक मेरो पहिलो रोजाइको पत्रिका हो। यसको राम्रो पक्ष भनेको सबै उमेर एवं वर्गले पढ्न मिल्ने सामग्री प्रकाशन गर्नु हो। यो पत्रिकाले विशेष गरी युवाहरूलाई प्रोत्साहित गर्छ। शिक्षा, सूचनाप्रविधि, करियर तथा मनोरञ्जनका विषयमा यसले प्रकाशन गर्ने समाचार सधैं पढूँ-पढूँ लाग्ने हुन्छन्। साप्ताहिकले ग्रामीण क्षेत्रलाई पनि लक्षित गरेर त्यहाँ सक्रिय युवाहरूलाई ऊर्जाशील बनाउने किसिमका समाचार प्रकाशन गरिदिए हामीले सधैं नयाँ कुरा पढ्न पाउँथ्यौं।
शशि खड्का, मोडल/नायिका
भर्खरै पढ्न सुरु गरेजस्तो लाग्छ, २० वर्ष पुगेछ। १९ वर्ष पार गरेकोमा धेरै-धेरै बधाई छ। साह्रै राम्रा खुराक पस्केर यसले पाठकहरूको मन जितेको छ। विकास र पर्यटनका कुरालाई पनि स्थान दिए अझ राम्रो हुने थियो।
असिम शाह, निर्देशक