गायक तथा संगीतकार हेमन मोक्तान सम्मानित भएका छन्। नेपाली गीत-संगीतको माध्यमबाट समाजसेवाको क्षेत्रमा क्रियाशील गायक मोक्तानले बालबालिकाहरूको शिक्षाका लागि देशका विभिन्न स्थानमा पुस्तकालय स्थापना गर्दै आएको योगदानको कदर गर्दै उनलाई २०७१ सालको कुशेश्वर सेवा समाजबाट सम्मान गरिएको छ। समारोहमा गायक मोक्तानले सिन्धुलीको देवीस्थान उच्च माध्यमिक विद्यालयका बालबालिका करिब २० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गरेका थिए।