नानीहरू : बुझ्यौं सर..
शिक्षक : हाकु, ल तिमी भन त तिमीले के बुझ्यो ?
हाकु : ज्यान ट डिनैपर्यो नि सर, यस्टो जीवन जिउनुभन्डा ट बरु मडेकै राम्रो हुन्छ नि ..
०००
पुलिस आफ्नो छोरासँग : छोरा तेरो रिजल्ट राम्रो छैन, आजदेखि खेल्न, कुद्न, टिभी हेर्न सबै बन्द ।
छोरा : लु यो १ सय रुपैयाँ लिनुहोस्, अनि यो कुरालाई यहीं दबाउनुहोस्।
०००
केटी : यदि मैले ४ जनासँग यौनसम्पर्क गरें भने म वेश्या, अनि तिमीले १० जनासँग यौनसम्पर्क गर्यौ भने तिमीचाहिँ मर्द, यस्तो किन ? भन त !
शेरे : सुन....जुन ताला धेरै चाबीबाट खुल्छ त्यसलाई बिगि्रएको ताला भनिन्छ तर जुन चाबीबाट धेरै ताला खुल्छन् त्यसलाई मास्टर कि भन्छन्।
०००
एउटी केटीले एउटा काम ६ दिनमा सक्छे भने तीन जना केटी मिलेर सोही काम कति दिनमा सक्लान् ?
गेस गर्नुहोस् त।
त्यो काम कहिल्यै सक्दैनन्, किनभने तीन जना केटी एक ठाउँमा भेला भएपछि गफ गर्न र कुरा काट्नबाहेक अरू के नै गर्लान् र ?
०००
परीक्षाको समयमा नर्सरीको बच्चाले उत्तरपुस्तिकामा सु गरेछ। अनि मिसले चिच्याउँदै : छि:छि: फोहोरी, यो के गरेको तिमीले ???
बच्चा : अनि तपाईंले नै भन्नुभा'को होइन, पहिले जे आउँछ त्यही गर्नु।
०००
शेरे जंगल घुम्दै थियो, अचानक एउटा चितुवा आएछ।
शेरे : अत्तालिएर भागेछ, भाग्दा-भाग्दै शेरे एउटा रूखमा ठोक्किएछ, घुँडामा नराम्रोसँग चोट लागेछ। बल्ल-बल्ल शेरे क्लिनिक पुगेछ।
डाक्टरले घाउ हेरेपछि मल्हम दिएछन्।
शेरे : डाक्टरसा'ब यो दबाइ कति-कति बेला खाने हो ?
डाक्टर : खाने होइन, ठोक्किएको ठाउँमा लगाउने।
शेरे ७ दिनपछि फेरि क्लिनिक पुगेछ, खुट्टा झन् धेरै सुन्निएको देखेर डाक्टर : होइन तिमीले दबाई लगाएनौ ?
शेरे : लगा'को त हो तर खै सन्चो भएन।
डाक्टर : ठोक्किएकै ठाउँमा लगायौ ?
शेरे : हो, नपत्याए हिँड्नु न हेर्न, म जुन रूखमा ठोक्किएँ त्यही रूखमा लगाएको हो।
०००
शेरेको गाडीले एक दिन एउटा चिनियाँलाई ठक्कर दिएछ। पुलिस आएछ र अस्पताल लगेछ, पछि शेरे एकपटक उसलाई भेट्न भनेर अस्पताल पुगेछ। शेरे पस्नेबित्तिकै चिनियाँले भनेछ : च्याङ चोङ सिमि च्याँ।
यति भनेर चिनियाँ मरेछ। शेरेले कुरा बुझेनछ, र अन्तिम इच्छा पो थियो कि भनेर पत्ता लगाउन चीन गएछ, शेरेले त्यसको मतलव बुझेको त कुरा यस्तो पो रहेछ : अक्सिजनको पाइपबाट खुट्टा हटा ।
०००
जीवनमा ३ कुराको धेरै ख्याल राख्नुपर्छ।
१. लडाइँ झगडा नगर्नु
२. असभ्य एवं नालायक नहुनु
३. फेसबुक चलाउँदा केटीहरूको तस्बिरमा कहिल्यै कमेन्ट नगर्नु।
०००
प्रहरी शेरेलाई कुट्दै, भन एकपटक जेल परेर त्यत्रो कुटाइ खाए पनि फेरि त्यही होटलमा किन चोर्न गइस ?
शेरे : मेरो गल्ती छैन हजुर !
त्यो होटलको ढोकामा धन्यवाद फेरि आउनुहोला लेखिएको थियो।
०००
जिन्दगीका केही महत्त्वपूर्ण कुरा, सधैं याद राख्नुहोला :
लसुनभन्दा प्याज महत्त्वपूर्ण
सावाँभन्दा ब्याज महत्त्वपूर्ण
पार्टीभन्दा फुट महत्त्वपूर्ण
मूल्यभन्दा छुट महत्त्वपूर्ण
लभभन्दा पैसा महत्त्वपूर्ण
बुद्धिभन्दा बैंस महत्त्वपूर्ण
आजभन्दा भोलि महत्त्वपूर्ण
कामभन्दा बोली महत्त्वपूर्ण
बिजुलीभन्दा मैनबत्ती महत्त्वपूर्ण
केटीभन्दा जुत्ता महत्त्वपूर्ण
किनभने जुनसुकै बेला खुट्टा छोडेर गालामा पुग्न सक्छ।
०००
मिलन के हो? मुटु जोडेपछि थाहा भयो।
बिछोड के हो? उनले छोडेपछि थाहा भयो।
खुसी के हो? तिमी हाँसेपछि थाहा भयो।
आँसु के हो? आँखाबाट झरेपछि थाहा भयो।
माया के हो? तिम्ले साथ दिँदा थाहा भयो।
धोका के हो? विश्वास गर्दा थाहा भयो।
चाहना के हो? मनै मरेपछि थाहा भयो।
तिरस्कार के हो? आँखा तरे पछि थाहा भयो।
याद के हो? टाढा भएपछि थाहा भयो।
जिन्दगी के हो? जिउँदो लास भएपछि थाहा भयो।
०००
एउटा मुसो जाँडको घ्याम्पोभित्र खसेछ
मुसो : बचाऊ, बचाऊ, कोही छ?
बिरालो : म्याउ, म्याउ......
मुसो : बिरालो दाइ, मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल, म जाँडमा डुबेर मर्न चाहन्नँ, बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो वाचा भयो, प्लिज हेल्प मी...
बिरालोले बडो मुस्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ।
निस्कनेबित्तिकै मुसो खुरुरु दुलोभित्र छिरेछ।
बिरालो (रिसाउँदै) : साले मुसा, अघि वाचा गरेको होइन? बाहिर आइज म तलाई खान्छु।
मुसो (दुलो भित्रबाट) : ओ बिरालो दाइ, अघि जाँड खाएको बेला के-के भनियो के-के, अब तिमी आफ्नो बाटो लागे हुन्छ, माइन्ड नगर ल।
०००
बाबुआमाका इच्छा र चाहनाहरू
जुन दिन तिमीले हामीलाई बूढो देख्छांै तब हामीलाई बुझ्ने प्रयास गर्नु।
जब हामीले कुनै कुरा भुल्यौ र अन्जानवश केही गल्ती गर्यौ भने हामीसित रिस नदेखाउनु, आफ्नो बाल्यकाल सम्झिनु।
हामी बूढो भएर हिँडडुल गर्न नसक्दा हाम्रो सहारा बनिदिनु र त्यतिबेला आफूले चालेको पहिलो पाइला याद गर्नु।
हामी बिरामी भयौ भने त्यो दिन याद गरेर आफ्नो पैसा खर्च गर्नु, जब तिम्रो इच्छा पूरा गर्न हामीले आफ्नो खुसी तिलाञ्जली दिए।
०००
शेरे आत्तिँदै अस्पताल पुगेर
शेरे : डाक्टरसा'ब ! घरमा गएर जाँचेको कति फिस लाग्छ?
डाक्टर : २ सय रुपैयाँ।
शेरे : ल छिटो जाऊँ डाक्टरसा'ब !
डाक्टरले बाइक निकाल्यो र शेरेलाई पछाडि राखेर तुफान कुदायो। घर पुगेपछि।
डाक्टर : खै कहाँ छ बिरामी?
शेरे : बिरामी-सिरामी केही होइन। (ट्याक्सी ड्राइभरले ५ सय रुपैयाँ माग्दै थियो) यी यो लिनुस्, २ सय रुपैयाँ।
०००
एउटा १० वर्षको फुच्चे हाफपाइन्ट लगाएर एउटा बसमा यात्रा गरिरहेको रहेछ। कन्डक्टरले नजिकै आएर भन्यो।
कन्डक्टर : ओ भाइ, खोइ भाडा देऊ त।
फुच्चे : भाडा कति हो र दाइ?
कन्डक्टर : फुलपाइन्ट फूल भाडा, हाफ पाइन्ट हाफ भाडा
फुच्चे : (हतारिँदै हाफ पाइन्ट फुकाल्दै) उसो भए 'नो पाइन्ट नो भाडा' होइन त?