नेपालको सबैभन्दा होचो भू-भाग केचनाकलन समुद्री सतहबाट ५८ मिटरको उचाइमा छ। केचनाकलनलाई झापाको ऐतिहासिक स्थलका रूपमा चिनिन्छ। केचना गाविसस्थित केचनाकलन नेपाल-भारत सिमानाबाट ५ सय मिटर दूरीमा पर्छ। यहाँ ऐतिहासिक पोखरीहरू छन्। महाभारतकालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापति किचकले यहाँ दुईवटा पोखरी निर्माण गराएको स्थानीय जानकारहरू बताउँछन्। भीमले किचकको वध गरेपछि उक्त पोखरी पुर्न खोजेका थिए भन्ने भनाइ पनि छ। केचनाकलनमा २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले २० फिट अग्लो कछुवाको आकृतिको स्तम्भ निर्माण गराएका थिए।