नेपाली युवा चित्रकारहरूले कोरेका आकर्षक चित्र गोलढुङ्गास्थित युनेस्को आर्ट ग्यालरीमा संरक्षित छन्। विशेषगरी नाङ्गा चित्र कोर्न सौखिन नगेनसिंह ठकुरीको अगुवाइमा सञ्चालनमा आएको यो ग्यालरीमा १ सय ५० जना कलाकारले कोरेका चित्र संरक्षित छन्। ग्यालरीमा नगेनसिंह, प्रदीप अधिकारी, ज्योति हमाल, गोपी श्रेष्ठ, ज्योतिप्रकाश विष्टले नियमित चित्र कोर्छन्। 'हामीले १ हजारदेखि १ लाख ९ हजार रुपैयाँ मूल्य बराबरका चित्र बिक्री गरिरहेका छौं,' नगेनले बताए। ती चित्रहरू वाटर कलर, एक्रेलिक, युरोटेकिक, चारकोल आदि माध्यमबाट बनाइएका छन्।