साप्ताहिक संवाददाता
जेष्ठ २, २०७१
राष्ट्रिय टिम जतिजति बेला संकटमा पर्छ, त्यति बेला संकटमोचकका रूपमा भूमिका निर्वाह गर्दै आएका वसन्तसँगै टिममा सुभास खकुरेल, प्रदीप ऐरी र अमृत भट्टराईजस्ता राष्ट्रिय टिमको अनुभव बोकिसकेका खेलाडीहरू छन्। पछिल्लो समय नेपाली राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा चम्कँदा यिनै खेलाडीको महत्त्वपूर्ण योगदान रहँदै आएको छ।
टिमका नयाँ खेलाडीमा गोपाल सिंह, सन्तोष बराल, अन्तिम थापा, सुरेन्द्र चन्द, सन्तोष भट्ट, आकाश विष्ट, प्रज्ज्वल शाही, अमृतकुमार श्रेष्ठ, ललित भण्डारी, आयुष धाख्वा, समुन श्रेष्ठ, आकाश गुप्ता, दीपेन्द्र यादव तथा विष्णु यादव पनि समावेश छन्। टिमका प्रशिक्षक श्यामसङजङ थापा हुन्। कान्तिपुरको प्रतिद्वन्द्वी कलर्स एक्सफ्याक्टर्सका कप्तान ज्ञानेन्द्र मल्ल हुन्।