साप्ताहिक संवाददाता
चलचित्रको कथावस्तु नै हँसियामा आधारित छ। सुरुदेखि अन्त्यसम्म हँसियाकै वरिपरि कथा घुमेको छ।
हँसिया त बाङ्गो हुन्छ, चलचित्र पनि बाङ्गो नै छ ?
चलचित्र हँसिया एकदमै साधारण छ। लाटो मानिसले पनि हँसियाको कथा बुझ्छ। हँसियाजस्तो बाङ्गो होइन, तरबारजस्तो सीधा छ चलचित्र हँसिया।
किन निर्देशक बन्नुभयो ?
म सानैदेखि चलचित्र प्रेमी, त्यसमा पनि हिन्दी चलचित्रको जबर्जस्त प्रभाव परेको केटो। चलचित्रका दृश्य हेर्दा यसरी वा त्यसरी खिचेको हुनुपर्छ भनेर अनुमान गर्थें। केटाकेटीमै चलचित्रसम्बन्धी ज्ञान भएकाले पनि निर्देशक बनें।
निर्देशक बन्न के गर्नुभयो त ?
चलचित्र र त्यससँग जोडिएको फोटोग्राफीमा रुचि भएरै मैले लन्डन बोर्नमाउथको फस्ट प्वाइन्ट फोटोग्राफीबाट एड्भान्स फोटोग्राफी डिप्लोमा गरें। लन्डन फिल्म एकेडेमीबाट चलचित्र निर्माण विषयमा डिप्लोमा गरें। निर्देशक बन्न धेरै मेहनत गरें।
चलचित्र हँसिया बन्दाको रोचक कुरा ?
चलचित्र बन्न कथा चाहिन्छ, तर हँसियाका लागि सुरुमा कलाकार चयन गरियो, त्यसपछि उनीहरूलाई सुहाउँदो कथा बुनियो।
हँसिया छायांकनको क्रमको अविस्मरणीय घटना ?
नायिका हेमा श्रेष्ठ द्वन्द्वका क्रममा बेहोस भएपछि तुरुन्तै अक्सिजन दिनुपरेको थियो, म त्यतिबेला निकै आत्तिएँ। त्यस्तै रेड क्यामेराको ५ लाख रुपैयाँ पर्ने लेन्स द्वन्द्वको दृश्य खिच्ने क्रममै फुट्यो, त्यसले अझ पिडा थपेको थियो।
हँसियाको एक्सन स्टार हेमा कि राजेश हमाल ?
एक्सन स्टार त हेमा नै हुन्, तर राजेश हमाललाई अन्य चलचित्रभन्दा पृथक् रूपमा प्रस्तुत गरेको छु।
राजेश हमाललाई यो चलचित्रले कत्तिको फाइदा होला त ?
म दाबीका साथ भनिरहेको छु, यो चलचित्र प्रदर्शनपछि राजेश हमालको पुनर्जन्म हुनेछ।
हँसियामा त्यस्तो के छ ?
हँसियामा नायिका हेमा श्रेष्ठले १ सय ३७ जना पुरुष फाइटरसँग द्वन्द्व गरेकी छिन्। प्रियंका कार्कीले प्रस्तुत गरेको आइटम डान्सका लागि मात्र १७ लाख रुपैयाँ खर्च भएको छ।
अब म्युजिक भिडियो कि चलचित्र ?
दुईवटै, म्युजिक भिडियोमा म एकदमै इन्जोय गर्छु। पाँच मिनेटमा सबै कुरा भन्न सक्नुपर्छ। मेरो परिचय पनि भिडियो निर्देशककै हो।
चलचित्र निर्देशन गर्दाको दु:खद पक्ष नि ?
एउटा राम्रो चलचित्र बनाउनु भनेको कुनै महिलाले बच्चा जन्माउनुभन्दा गाह्रो काम रहेछ। जसरी प्रश्रवको वेदना महिलालाई मात्र थाहा हुन्छ, त्यसैगरी चलचित्र बनाउनेले मात्र चलचित्र निर्माण गर्दाको पीडा अनुभव गर्न सक्छन्।
राम्रा लाग्ने तीन सेलिब्रेटी महिला ?
हेमा श्रेष्ठ, अशिष्मा नकर्मी र नम्रता श्रेष्ठ ।
गर्न मन लागेको तर गर्न नपाएको कुरा ?
सगरमाथा चढ्न मन लागेको छ, तर पाएको छैन, अझै आशा राखेको छु।
राम्री युवती देख्दा सुरुमा कुन अंगमा नजर जान्छ ?
राम्री युवती भनेर भित्रबाटै मन परेपछि सबै राम्रो लाग्छ नि, होइन र ? कता अंग हेर्नु ?
चुम्बन कि सेक्स ?
सुरुमा त चुम्बन नै, त्यसपछि अर्कोको पालो आउँछ।