साप्ताहिक संवाददाता
कलाकार : रेश मरहट्ठा, प्रियंका कार्की, केकी अधिकारी, दिवस उप्रेती, बिमलेश अधिकारी, पूजा शर्मा तथा किरण लाकौल।
संगीतकार : प्रमोद खरेल, असुषेन लामा
आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' मित्रतामा आधारित चलचित्र हो। 'स्वर' पछि निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको यो दोस्रो चलचित्रमार्फत मित्रताको नयाँ परिभाषा खोज्ने प्रयास गरिएको छ। हरेक व्यक्तिले आफ्नो जीवन अघि बढाउने क्रममा समयसँगै विभिन्न व्यक्तिको संगत गर्छ। यसक्रममा कति नजिकका साथी हुन्छन् भने कतिपय मित्र शत्रु पनि बन्छन्। जसले जीवनमा साथ दिन्छ उसैलाई साथीका रूपमा लिइन्छ तर हरेक दृष्टिकोणले एक-अर्कासँग नजिक भएपछि एक व्यक्तिले अर्को व्यक्तिलाई बेस्ट फ्रेन्डका रूपमा लिन्छ। यो आममानिसको प्रवृत्ति हो। चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' ले यही प्रवृत्तिलाई चित्रण गरेको छ। बेस्ट फ्रेन्ड भएकाहरूले एक-अर्कामा कस्तो व्यवहार देखाउँछन् ? बेस्ट फ्रेन्ड कसरी बनिन्छ ? भन्ने विषयमा पनि चलचित्रको कथा केन्दि्रत छ। सांगीतिक पक्ष सबल मानिएको यो चलचित्र नायिका प्रियंका कार्कीको डेब्यु हो भने यसमा केकी अधिकारीलाई दर्शकले बिल्कुलै भिन्न चरित्रमा देख्न पाउनेछन्।
निर्देशक : मिलन चाम्स
कलाकार : राजेश हमाल, हेमा श्रेष्ठ, अनुपविक्रम शाही, रुबी राणा, शिशिर राणा, विशाल ढुंगाना तथा आलोक कार्की ।
संगीतकार : कल्याण सिंह
एक्सनप्रधान चलचित्रका रूपमा प्रचार-प्रसार गरिएको 'हँसिया' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। मोडलिङमा स्थापित भैसकेकी हेमा श्रेष्ठ यही चलचित्रमार्फत नायिकाका रूपमा डेब्यू मात्र गर्दै छैनन्, उनले एक्सन लेडीका रूपमा दर्शकलाई रोमाञ्चितसमेत बनाउनेछिन्। वास्तविक जीवनमै तेक्वान्दो खेलाडी रहिसकेकी हेमाले चलचित्रमा खलनायकहरूसँग द्वन्द्व गरेका दृश्य रोचक छन्। चलचित्रले नेपाली समाजमा विद्यमान हत्या-हिंसाविरुद्ध कसरी लाग्नुपर्छ भन्ने कथालाई प्राथमिकता दिएको छ। 'हँसिया' ग्रामीण क्ष्ाेत्रमा प्रयोगमा आइरहने घरेलु हतियार हो। यो हतियार प्राय: घाँस काट्न प्रयोग गरिन्छ। चलचित्रमा नारी पात्रले यही घरेलु हतियार प्रयोग गर्दै हत्या-हिंसाविरुद्ध आवाज उठाएकी छिन्। चलचित्रमा नायिका श्रेष्ठले १ सय ३७ जना फाइटरसँग एक्लै लडेको दृश्य विशेष छ। थुप्रै म्युजिक भिडियो निर्माण गरेर बेलायतबाट चलचित्र निर्देशनमा उच्च शिक्षा हासिल गरिसकेका मिलन चाम्सको यो डेब्यु निर्देशन हो। अनुप सापकोटाको कथामा आधारित यो चलचित्रमा रिनाशा राईको नृत्य निर्देशन छ भने राजकुमार उपे्रती यसका द्वन्द्व निर्देशक हुन्। चलचित्रमा नायिका प्रियंका कार्कीले आइटम गर्लका रूपमा एउटा गीतमा नृत्य गरेकी छिन्।