सुगम संगीतका स्थापित गायक भीम लिम्बूले पहिलो पटक हङकङमा एकल गायन प्रस्तुत गरेका छन्। दुई साता लामो सांगीतिक भ्रमणमा हङकङ पुगेका गायक लिम्बूले त्यहाँ आयोजित विभिन्न सांगीतिक कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा उनले 'धानै नाचिन्छ...' सहित आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। शास्त्रीय संगीतमा स्नातकोत्तर गरिरहेका गायक लिम्बूलाई केही कार्यक्रममा स्थानीय गायक-गायिकाले समेत साथ दिएका थिए।