आफ्नो नङको सबैले पं्रशसा गरेपछि पाल्न थालेको क्रिजलले बताए। सानैदेखिको सौख भए पनि विद्यालयमा पढ्दा शिक्षकहरूले गाली गर्ने र ०६२/६३ सालको जनआन्दोलनका क्रममा तत्कालीन माओवादी कार्यकर्ताले नङ काटिदिएका कारण उनले अढाई वर्षअघिदेखि मात्र पाल्न सुरु गरेका हुन्। उनले भने- 'माओबादीले काट्दा मेरो नङ दुई इन्चको थियो। त्यतिबेला म रोएको थिएँ। करिब ९ महिनाअघिसम्म उनले दाहिने हातको पँाचवटै औंलामा नङ पालेका थिए, तर चारवटा औंलाका नङ काटेको प्रति हाल उनी पछुतो महसुस गर्छन्। बस्नेत भन्छन्- 'यस्तो प्रशंसा हुन्छ भन्ने जानेको भए नङ काट्ने नै थिइनँ। एसएलसी उत्तीर्ण क्रिजल हाल पाँचथरमा उत्पादित अदुवा, कागती, कुचो, खोर्सानी आदि सामग्रीको व्यापारमा संलग्न छन्। दैनिक काम गर्दा हालसम्म पनि नङमा कुनै असर नपुगेको बताउँदै क्रिजलले जीवनभर नङ नकाट्ने अठोट लिएका छन्। नङमा मात्र वाषिर्क १५ हजार रुपैयाँ खर्च हुने उनले बताए।