साप्ताहिक संवाददाता
जेष्ठ ९, २०७१
काठमाडौं
प्रतियोगिताका लागि गत साता सम्पन्न अडिसनबाट १५ जना छनौट गरिएको कोरियोग्राफर चाँदनी लामिछानेले बताएकी छिन्। १८ देखि ३० वर्षसम्मका युवाहरूले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताको प्रशिक्षण आगामी साता प्रारम्भ हुँदैछ। करिब डेढ महिनामा प्रतिस्पर्धी युवाहरूलाई क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, ग्रुमिङजस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ। प्रतिस्पर्धाका लागि सक्षम श्रेष्ठ, आकाश थापा मल्ल, संजोग पन्थी, सेज मानन्धर, सरोज सिंह, बेनिश भण्डारी, अमन श्रेष्ठ, रुपेश लामिछाने, प्रतीक ताम्राकार, अटल खुलाल, टोर्जन थापा, रविन कुमार तथा विश्वजित रिमाल छनौट भैसकेका छन्।